• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रविको छविमा नायकत्व खोज्ने दोधारे जमात

64x64
नेपाल लाइभ मंगलबार, भदौ १७, २०७६  ११:४४
1140x725

रवि लामिछानेका समर्थकहरुको मागले राज्यको विद्यमान विधि, संरचना प्रक्रिया मान्दिन भन्ने देखियो। समर्थकहरुको यस्तो उत्तेजना व्यक्तिको दोधारे चरित्रको अल्पकालीन विश्वास/अविश्वासको दिमागी खेलसँग जोडिएको छ। यस्ता विश्वासहरु कुनै पनि विन्दूमा टुंगिएर व्यक्तिप्रति अविश्वास सुरु हुन सक्छ।

यो खास घटनासँग विभिन्न प्रसंगको बहस उठ्न सक्छ वा उठाउन सकिन्छ। तर, मुख्य घटना भने रविको छविसँग जोडिएको छ। छवि आफैंमा यस्तो चिज हो, जसले व्यक्ति प्रतिको विश्वास र शंका निर्धारण गर्छ। रवि जुन पेसामा आवद्ध छन्, त्यसका आफ्नै सीमाहरु छन्। रविको काम कति नियमसंगत छन्? उनी देखिएझैं नैतिकवान छन् कि छैनन्? यो छलफल बहसको अर्काे पाटो होला। तर, मुख्य चिन्ताको विषय रविको अग्लो छविले संकेत गरिरहेको परिणाम हो।

अहिले रविलाई देवत्वकरण गर्ने काम भइरहेको छ। यसमा ति खास व्यक्तिहरुको दोष थिएन/छैन। दोष मानिसको रुपमा एक व्यक्तिको सीमा, क्षमता र उसको मनोविज्ञान विश्लेषण गर्न नसक्ने हामी मै थियो/छ।

कुनै व्यक्ति विशेषमा छवि निर्माण हुनु राम्रै हो। तर, जुन सामाजिक, आर्थिक र राजनीतिक धरातलमा रविको छवि निर्माण भएको छ, त्यसले हाम्रो विश्वास गलत दिशातिर सोझिएको संकेत गर्दैछ। किनकि सिंगो राज्य संयत्रबाट अपेक्षा गरिनु पर्ने व्यवहार एउटा व्यक्तिबाट अपेक्षा गर्दा अन्ततोगत्वा निराशा नै हात लाग्छ। यो प्रसंगमा देखिएका जनमानसका मुर्ख्याइँ र अविश्वास दुवै गलत छन्।

मुर्ख्याइँको कुरा गर्नु अघि भारतीय लेखक हरिशंकर परसाईको कथा ‘राष्ट्रका नयाँ बोध’को एक प्रसंग लल्लेख गरौं। कथामा सरकारमा रहेकाहरु भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने बताउँछन्। यो कुराले एक अवोध किशोर हौसिन्छ र आफ्नो काकासँग खुसी व्यक्त गर्छ। त्यो बेला काकाले आफ्नो भतिजलाई व्यंग गर्छन् कि दिमागलाई तेज चलाउने एक मान्छेको अगाडि, दिमाग नचलाउने कैँयौँ मान्छेहरु पछि लागिरहेका छन्। राज्य संयन्त्रका एकाध मान्छेहरु दिमाग चलाएर जनतालाई उल्लु बनाइरहेका छन्। सोझो जनता तिनै कुरालाई सत्य मानेर हिँडिरहेका छन्। अन्ततः उनीहरुले आफैं दुःख पाउँछन्।

निश्चय नै रवि लामीछाने तेज दिमागका मान्छे हुन्। यो पेसामा धेरै पत्रकार लागेका छन्। तिमध्ये पनि धेरै पत्रकार नाम मात्रका पनि होलान्। कति राजनीतिक पार्टीको झन्डा बोकेर पत्रकारिता नीति र सिद्धान्त अनुरुप काम गर्न नसक्ने पनि होलान्। तर, कतिपयले साच्चै पत्रकारिताको धर्म निभाएर काम गरेका छन्, गहिराइमा गएर समाजका बेथिति र विसंगति उधिनेका छन्। तर पनि उनीहरु रवि लामिछानेको उचाइमा छैनन्। किनकि यसमा रविले आफ्नो दिमागलाई अलि बढी नै चलाएका छन्।

भलै रविले आफूलाई पत्रकार होइन पनि भनिरहेका छन्। यद्यपि पत्रकारको सट्टा कुनै अभियन्ता नै सही, प्रस्तुति त सभ्य हुनुपर्छ होला। यो रवि लामिलाने स्वयम्‌ले एक सभ्य नागरिकको हैसियतले ध्यान दिनुपर्ने कुरा हो। अझ बढी ध्यान दिनुपर्ने कुरा चाहिँ हामीमा वा ठूलो जमातमा आलोचनात्मक चेत कति छ भन्ने हो।

आलोचनात्मक तरिकाले नसोच्नेहरु दिमागको अवचेतन तहबाट सोच्छन्। अवचेतनबाट सोच्नेहरु सभ्य नागरिकको भूमिका निभाउन सक्दैनन्। मात्र आफूले जिम्मेवारी निर्वाह नै नगरी आफ्नो लागि बोलिदिने नायकको खोजी गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

हामीले रविको सीमालाई बुझेका छौँ कि छैनौं? अहिले रविलाई देवत्वकरण गर्ने काम भइरहेको छ। विगतमा धेरै नेताहरुलाई देवत्वकरण गरिएको थियो। कोही राष्ट्रवादका नाममा, कोही विकासवादी व्यक्तिका रुपमा नेताहरु भगवानझैं भए। सायद यी घटनाक्रम वा परिणामहरुमा ति खास व्यक्तिहरुको दोष थिएन/छैन। दोष मानिसको रुपमा एक व्यक्तिको सीमा, क्षमता र उसको मनोविज्ञान विश्लेषण गर्न नसक्ने हामी मै थियो/छ। यस्तो मस्तिष्कले व्यक्ति स्वयम्‌लाई हौस्याउने र निराश बनाउने गराइरहन्छ। यो आफैंमा मुर्ख्याइँ हो।

यस्तो मुर्ख्याइँले सधैँ एक नायकको खोजी गरिरहेको हुन्छ। तर, नायकको भूमिका पाएका थुप्रै व्यक्तिलाई जिम्मेवार बनाउन भने चुकिरहेको हुन्छ। किनकि कसैलाई जिम्मेवार बनाउनु पनि चिन्तनमनन गर्नु जरुरी छ। दिमागलाई तेज बनाउनु जरुरी छ। बहकाउमा लागेर उफ्रिने, कराउने र थच्किने मस्तिष्कले अरुलाई जिम्मेवार बनाउन त परको कुरा, आफ्नो सामान्य जिम्मेवारी पूरा गर्न पनि सकिरहेको हुँदैन।

उदाहरण चितवनकै लिऊँ, रवि लामिछानेको रिहाइको माग गर्दै धेरै मानिस सडकमा आए। सडकमा आउनेले प्रयोग गरेका पानीका बोत्तल, खाद्य सामग्रीले चितवनमा फोहोर राम्रै भयो भन्ने खबर पढियो। आफूले गरेको फोहोरको व्यवस्थापन गर्नु हरेक सभ्य नागरिकको कर्तव्य हो। तर, त्यो भएन। सम्भवतः आन्दोलन सकिएपछि, त्यो व्यवस्थापनको अपेक्षा भरतपुर नगरपालिकासँग गरियो। किनकि आलोचनात्मक तरिकाले नसोच्नेहरु दिमागको अवचेतन तहबाट सोच्छन्। अवचेतनबाट सोच्नेहरु सभ्य नागरिकको भूमिका निभाउन सक्दैनन्। मात्र आफूले जिम्मेवारी निर्वाह नै नगरी आफ्नो लागि बोलिदिने नायकको खोजी गर्छन्।

मानिसहरुको अविश्वासप्रति सरकारले ध्यान नदिनु र कुनै व्यक्ति विशेषले आश्वासन दिने दुवै काम व्यवहारिक होइनन्। किनकि सरकारले ध्यान नदिनु भनेको गैरजिम्मेवारीपन हो भने व्यक्तिले आश्वासन दिनु महात्वाकांक्षा मात्र हो।

मुर्ख्याइँसँगै जोडिएर आएको अर्काे पक्ष हो अविश्वास। सरकारको कामदेखि निराश छन् सर्वसाधरण। अझ भनौँ सरकारको कामले निराश बनाउँदै आएको छ। यसका लागि नेकपाको वर्तमान सरकारमाथि मात्रै दोष थुपार्नु युक्तिसंगत हुँदैन। विगतका सरकारका कामहरु पनि जोडिन्छन्।

साथै, सरकार भनेको राजनीतिक दललाई प्रतिनिधित्व गर्दै बनेका प्रधानमन्त्री र मन्त्री मात्र होइनन्। राज्य सञ्चालनको संरचनामा बसेर काम गर्ने सबै कर्मचारी पर्छन्। राज्यको प्रणालीलाई चुस्त, दुरुस्त राख्न यी कर्मचारीहरुको भूमिका अहम् हुन्छ। तर, राज्य प्रणाली पारदर्शी र चुस्त छैन। यही कारण सर्वसाधरण निराश छन्। यो निराशाले अविश्वासको पर्खाल खडा गरेको छ।

भनिन्छ प्रणालीले काम गरेन भने यसलाई ठिक गर्नुपर्छ। तर, नागरिकका विश्वास अब यो प्रणाली ठिक नहुनेगरी बिग्रियो भन्ने खालको देखिन्छ। कुनै पनि राज्यको प्रणाली धातुले बनेको यन्त्र होइन। जो फेरि नबन्ने गरी बिग्रन्छ। तसर्थ प्रणालीप्रति नागरिकको विश्वास नहुनु उचित होइन। यी मानिसहरुको अविश्वासप्रति सरकारले ध्यान नदिनु र कुनै व्यक्ति विशेषले आश्वासन दिने दुवै काम व्यवहारिक होइनन्। किनकि सरकारले ध्यान नदिनु भनेको गैरजिम्मेवारीपन हो भने व्यक्तिले आश्वासन दिनु महात्वाकांक्षा मात्र हो।

यो मुर्ख्याइँ र विश्वासको खेलमा हाम्रो समाजको चरित्र पनि भुल्नु हुँदैन। सतही विश्लेषणबाटै थाहा हुन्छ कि यो हाम्रो समाजले नैतिकताको आवश्यकता औंल्याउँछ। तर, बेइमानको पूजा र प्रशंसा गर्छ। समूहभित्र व्यक्तिवादी सोच बोक्ने चरित्र छ हाम्रो समाजको। सरकारी कर्मचारीको आलोचना गर्ने हामीमध्ये कोही त्यो क्षेत्रमा प्रवेश गर्‍यौं भने आफ्नो जिम्मेवारीमा कम, द्रव्य आर्जनमा बढी ध्यान दिन्छौँ।

मस्तिष्कको एउटा कुनामा लोभलाई जीवित राखेर अरुबाट सदाचारको अपेक्षा गरिरहेका छौं हामी। यस्तो सोचले सिंगो समाजलाई भ्रष्ट बनाउँदै लगेको छ। त्यो भ्रष्ट समाजले आफैंलाई पिरोल्न थालेपछि एक नायकको खोजी गर्दैछौं। अब नायकको पछि लागेर सुधार आउँछ वा सुधारको लागि सधैं आफू सचेत रहनुपर्छ? हाम्रो मस्तिष्कले यो कुराको छिनाफानो गर्नुपर्छ।

परिवार वा आफन्तले पनि जिम्मेवारी निभाएर इज्जत कमाउँदा खासै प्रशंसा गर्दैन। तर, कमाइले नभ्याउने घर बनायो, जग्गा-जमिन र गरगहना जोड्यो भने प्रशंसा गर्छ। नेतालाई दिनरात गाली गर्छाैं, तर आफूले राजनीतिक सहभागिता जनाउँदा विवेक पुर्‍याउँदैनौं। नेताले यसो र त्यसो गर्नुपर्छ भन्छौं, तर परेको बेला ति नेतासँग आफ्नो मात्र दुनो सोझ्याउँछौं।

यस्तो दोधारे चरित्र अवचेतन मस्तिष्कको परिणाम हो। चेतन मस्तिष्कले अरुबाट धेरै आश गर्दैन। बरु निरन्तर आफ्नो जिम्मेवारीप्रति सचेत हुन्छ।

मस्तिष्कको एउटा कुनामा लोभलाई जीवित राखेर अरुबाट सदाचारको अपेक्षा गरिरहेका छौं हामी। यस्तो सोचले सिंगो समाजलाई भ्रष्ट बनाउँदै लगेको छ। त्यो भ्रष्ट समाजले आफैंलाई पिरोल्न थालेपछि एक नायकको खोजी गर्दैछौं। अब नायकको पछि लागेर सुधार आउँछ वा सुधारको लागि सधैं आफू सचेत रहनुपर्छ? हाम्रो मस्तिष्कले यो कुराको छिनाफानो गर्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
सरकारले पत्रपत्रिका बन्द गर्न खोजेको देखियोः प्रचण्ड शनिबार, असोज ३, २०८३
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
माथिल्लो त्रिशूली–१ मा दिनभर उद्धार अपडेट, टनेलबाट निकालिएका ११ शव त्रिशूली ल्याइयो, खोजी कार्य जारी शनिबार, असोज ३, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्