• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

रविको छविमा नायकत्व खोज्ने दोधारे जमात

64x64
नेपाल लाइभ मंगलबार, भदौ १७, २०७६  ११:४४
1140x725

रवि लामिछानेका समर्थकहरुको मागले राज्यको विद्यमान विधि, संरचना प्रक्रिया मान्दिन भन्ने देखियो। समर्थकहरुको यस्तो उत्तेजना व्यक्तिको दोधारे चरित्रको अल्पकालीन विश्वास/अविश्वासको दिमागी खेलसँग जोडिएको छ। यस्ता विश्वासहरु कुनै पनि विन्दूमा टुंगिएर व्यक्तिप्रति अविश्वास सुरु हुन सक्छ।

यो खास घटनासँग विभिन्न प्रसंगको बहस उठ्न सक्छ वा उठाउन सकिन्छ। तर, मुख्य घटना भने रविको छविसँग जोडिएको छ। छवि आफैंमा यस्तो चिज हो, जसले व्यक्ति प्रतिको विश्वास र शंका निर्धारण गर्छ। रवि जुन पेसामा आवद्ध छन्, त्यसका आफ्नै सीमाहरु छन्। रविको काम कति नियमसंगत छन्? उनी देखिएझैं नैतिकवान छन् कि छैनन्? यो छलफल बहसको अर्काे पाटो होला। तर, मुख्य चिन्ताको विषय रविको अग्लो छविले संकेत गरिरहेको परिणाम हो।

अहिले रविलाई देवत्वकरण गर्ने काम भइरहेको छ। यसमा ति खास व्यक्तिहरुको दोष थिएन/छैन। दोष मानिसको रुपमा एक व्यक्तिको सीमा, क्षमता र उसको मनोविज्ञान विश्लेषण गर्न नसक्ने हामी मै थियो/छ।

कुनै व्यक्ति विशेषमा छवि निर्माण हुनु राम्रै हो। तर, जुन सामाजिक, आर्थिक र राजनीतिक धरातलमा रविको छवि निर्माण भएको छ, त्यसले हाम्रो विश्वास गलत दिशातिर सोझिएको संकेत गर्दैछ। किनकि सिंगो राज्य संयत्रबाट अपेक्षा गरिनु पर्ने व्यवहार एउटा व्यक्तिबाट अपेक्षा गर्दा अन्ततोगत्वा निराशा नै हात लाग्छ। यो प्रसंगमा देखिएका जनमानसका मुर्ख्याइँ र अविश्वास दुवै गलत छन्।

मुर्ख्याइँको कुरा गर्नु अघि भारतीय लेखक हरिशंकर परसाईको कथा ‘राष्ट्रका नयाँ बोध’को एक प्रसंग लल्लेख गरौं। कथामा सरकारमा रहेकाहरु भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने बताउँछन्। यो कुराले एक अवोध किशोर हौसिन्छ र आफ्नो काकासँग खुसी व्यक्त गर्छ। त्यो बेला काकाले आफ्नो भतिजलाई व्यंग गर्छन् कि दिमागलाई तेज चलाउने एक मान्छेको अगाडि, दिमाग नचलाउने कैँयौँ मान्छेहरु पछि लागिरहेका छन्। राज्य संयन्त्रका एकाध मान्छेहरु दिमाग चलाएर जनतालाई उल्लु बनाइरहेका छन्। सोझो जनता तिनै कुरालाई सत्य मानेर हिँडिरहेका छन्। अन्ततः उनीहरुले आफैं दुःख पाउँछन्।

निश्चय नै रवि लामीछाने तेज दिमागका मान्छे हुन्। यो पेसामा धेरै पत्रकार लागेका छन्। तिमध्ये पनि धेरै पत्रकार नाम मात्रका पनि होलान्। कति राजनीतिक पार्टीको झन्डा बोकेर पत्रकारिता नीति र सिद्धान्त अनुरुप काम गर्न नसक्ने पनि होलान्। तर, कतिपयले साच्चै पत्रकारिताको धर्म निभाएर काम गरेका छन्, गहिराइमा गएर समाजका बेथिति र विसंगति उधिनेका छन्। तर पनि उनीहरु रवि लामिछानेको उचाइमा छैनन्। किनकि यसमा रविले आफ्नो दिमागलाई अलि बढी नै चलाएका छन्।

भलै रविले आफूलाई पत्रकार होइन पनि भनिरहेका छन्। यद्यपि पत्रकारको सट्टा कुनै अभियन्ता नै सही, प्रस्तुति त सभ्य हुनुपर्छ होला। यो रवि लामिलाने स्वयम्‌ले एक सभ्य नागरिकको हैसियतले ध्यान दिनुपर्ने कुरा हो। अझ बढी ध्यान दिनुपर्ने कुरा चाहिँ हामीमा वा ठूलो जमातमा आलोचनात्मक चेत कति छ भन्ने हो।

आलोचनात्मक तरिकाले नसोच्नेहरु दिमागको अवचेतन तहबाट सोच्छन्। अवचेतनबाट सोच्नेहरु सभ्य नागरिकको भूमिका निभाउन सक्दैनन्। मात्र आफूले जिम्मेवारी निर्वाह नै नगरी आफ्नो लागि बोलिदिने नायकको खोजी गर्छन्।

Ncell 2
Ncell 2

हामीले रविको सीमालाई बुझेका छौँ कि छैनौं? अहिले रविलाई देवत्वकरण गर्ने काम भइरहेको छ। विगतमा धेरै नेताहरुलाई देवत्वकरण गरिएको थियो। कोही राष्ट्रवादका नाममा, कोही विकासवादी व्यक्तिका रुपमा नेताहरु भगवानझैं भए। सायद यी घटनाक्रम वा परिणामहरुमा ति खास व्यक्तिहरुको दोष थिएन/छैन। दोष मानिसको रुपमा एक व्यक्तिको सीमा, क्षमता र उसको मनोविज्ञान विश्लेषण गर्न नसक्ने हामी मै थियो/छ। यस्तो मस्तिष्कले व्यक्ति स्वयम्‌लाई हौस्याउने र निराश बनाउने गराइरहन्छ। यो आफैंमा मुर्ख्याइँ हो।

यस्तो मुर्ख्याइँले सधैँ एक नायकको खोजी गरिरहेको हुन्छ। तर, नायकको भूमिका पाएका थुप्रै व्यक्तिलाई जिम्मेवार बनाउन भने चुकिरहेको हुन्छ। किनकि कसैलाई जिम्मेवार बनाउनु पनि चिन्तनमनन गर्नु जरुरी छ। दिमागलाई तेज बनाउनु जरुरी छ। बहकाउमा लागेर उफ्रिने, कराउने र थच्किने मस्तिष्कले अरुलाई जिम्मेवार बनाउन त परको कुरा, आफ्नो सामान्य जिम्मेवारी पूरा गर्न पनि सकिरहेको हुँदैन।

उदाहरण चितवनकै लिऊँ, रवि लामिछानेको रिहाइको माग गर्दै धेरै मानिस सडकमा आए। सडकमा आउनेले प्रयोग गरेका पानीका बोत्तल, खाद्य सामग्रीले चितवनमा फोहोर राम्रै भयो भन्ने खबर पढियो। आफूले गरेको फोहोरको व्यवस्थापन गर्नु हरेक सभ्य नागरिकको कर्तव्य हो। तर, त्यो भएन। सम्भवतः आन्दोलन सकिएपछि, त्यो व्यवस्थापनको अपेक्षा भरतपुर नगरपालिकासँग गरियो। किनकि आलोचनात्मक तरिकाले नसोच्नेहरु दिमागको अवचेतन तहबाट सोच्छन्। अवचेतनबाट सोच्नेहरु सभ्य नागरिकको भूमिका निभाउन सक्दैनन्। मात्र आफूले जिम्मेवारी निर्वाह नै नगरी आफ्नो लागि बोलिदिने नायकको खोजी गर्छन्।

मानिसहरुको अविश्वासप्रति सरकारले ध्यान नदिनु र कुनै व्यक्ति विशेषले आश्वासन दिने दुवै काम व्यवहारिक होइनन्। किनकि सरकारले ध्यान नदिनु भनेको गैरजिम्मेवारीपन हो भने व्यक्तिले आश्वासन दिनु महात्वाकांक्षा मात्र हो।

मुर्ख्याइँसँगै जोडिएर आएको अर्काे पक्ष हो अविश्वास। सरकारको कामदेखि निराश छन् सर्वसाधरण। अझ भनौँ सरकारको कामले निराश बनाउँदै आएको छ। यसका लागि नेकपाको वर्तमान सरकारमाथि मात्रै दोष थुपार्नु युक्तिसंगत हुँदैन। विगतका सरकारका कामहरु पनि जोडिन्छन्।

साथै, सरकार भनेको राजनीतिक दललाई प्रतिनिधित्व गर्दै बनेका प्रधानमन्त्री र मन्त्री मात्र होइनन्। राज्य सञ्चालनको संरचनामा बसेर काम गर्ने सबै कर्मचारी पर्छन्। राज्यको प्रणालीलाई चुस्त, दुरुस्त राख्न यी कर्मचारीहरुको भूमिका अहम् हुन्छ। तर, राज्य प्रणाली पारदर्शी र चुस्त छैन। यही कारण सर्वसाधरण निराश छन्। यो निराशाले अविश्वासको पर्खाल खडा गरेको छ।

भनिन्छ प्रणालीले काम गरेन भने यसलाई ठिक गर्नुपर्छ। तर, नागरिकका विश्वास अब यो प्रणाली ठिक नहुनेगरी बिग्रियो भन्ने खालको देखिन्छ। कुनै पनि राज्यको प्रणाली धातुले बनेको यन्त्र होइन। जो फेरि नबन्ने गरी बिग्रन्छ। तसर्थ प्रणालीप्रति नागरिकको विश्वास नहुनु उचित होइन। यी मानिसहरुको अविश्वासप्रति सरकारले ध्यान नदिनु र कुनै व्यक्ति विशेषले आश्वासन दिने दुवै काम व्यवहारिक होइनन्। किनकि सरकारले ध्यान नदिनु भनेको गैरजिम्मेवारीपन हो भने व्यक्तिले आश्वासन दिनु महात्वाकांक्षा मात्र हो।

यो मुर्ख्याइँ र विश्वासको खेलमा हाम्रो समाजको चरित्र पनि भुल्नु हुँदैन। सतही विश्लेषणबाटै थाहा हुन्छ कि यो हाम्रो समाजले नैतिकताको आवश्यकता औंल्याउँछ। तर, बेइमानको पूजा र प्रशंसा गर्छ। समूहभित्र व्यक्तिवादी सोच बोक्ने चरित्र छ हाम्रो समाजको। सरकारी कर्मचारीको आलोचना गर्ने हामीमध्ये कोही त्यो क्षेत्रमा प्रवेश गर्‍यौं भने आफ्नो जिम्मेवारीमा कम, द्रव्य आर्जनमा बढी ध्यान दिन्छौँ।

मस्तिष्कको एउटा कुनामा लोभलाई जीवित राखेर अरुबाट सदाचारको अपेक्षा गरिरहेका छौं हामी। यस्तो सोचले सिंगो समाजलाई भ्रष्ट बनाउँदै लगेको छ। त्यो भ्रष्ट समाजले आफैंलाई पिरोल्न थालेपछि एक नायकको खोजी गर्दैछौं। अब नायकको पछि लागेर सुधार आउँछ वा सुधारको लागि सधैं आफू सचेत रहनुपर्छ? हाम्रो मस्तिष्कले यो कुराको छिनाफानो गर्नुपर्छ।

परिवार वा आफन्तले पनि जिम्मेवारी निभाएर इज्जत कमाउँदा खासै प्रशंसा गर्दैन। तर, कमाइले नभ्याउने घर बनायो, जग्गा-जमिन र गरगहना जोड्यो भने प्रशंसा गर्छ। नेतालाई दिनरात गाली गर्छाैं, तर आफूले राजनीतिक सहभागिता जनाउँदा विवेक पुर्‍याउँदैनौं। नेताले यसो र त्यसो गर्नुपर्छ भन्छौं, तर परेको बेला ति नेतासँग आफ्नो मात्र दुनो सोझ्याउँछौं।

यस्तो दोधारे चरित्र अवचेतन मस्तिष्कको परिणाम हो। चेतन मस्तिष्कले अरुबाट धेरै आश गर्दैन। बरु निरन्तर आफ्नो जिम्मेवारीप्रति सचेत हुन्छ।

मस्तिष्कको एउटा कुनामा लोभलाई जीवित राखेर अरुबाट सदाचारको अपेक्षा गरिरहेका छौं हामी। यस्तो सोचले सिंगो समाजलाई भ्रष्ट बनाउँदै लगेको छ। त्यो भ्रष्ट समाजले आफैंलाई पिरोल्न थालेपछि एक नायकको खोजी गर्दैछौं। अब नायकको पछि लागेर सुधार आउँछ वा सुधारको लागि सधैं आफू सचेत रहनुपर्छ? हाम्रो मस्तिष्कले यो कुराको छिनाफानो गर्नुपर्छ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ११:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो बिहीबार, मंसिर २५, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै बिहीबार, मंसिर २५, २०८२
दाङमा बस दुर्घटना, २२ जना घाइते बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजी प्रतिनिधिबिच सम्झौता हुँदै बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्