चक्कु प्रहार गरी काठमाडौंको सीतापाइलामा एक युवकको हत्या, ३ जना पक्राउ

नेपाल लाइभ | २०७६ भदौ १७ मंगलबार | Tuesday, September 03, 2019 १५:४२:०० मा प्रकाशित

काठमाडौं– चक्कु प्रहार गरेर काठमाडौंको सीतापाइलामा २५ वर्षीय आकाश बस्नेतको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बस्नेत नागार्जुन नगरपालिका–५ निवासी हुन्।  

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का १९ वर्षीय हिमांशु क्षेत्री, धादिङको गजुरी–२ घर भई सीतापाइला बस्ने २० वर्षीय सागर तामाङ र दोलखाको मेलुङ्ग गाउँपालिका–५ घर भई सीतापाइला बस्ने बुलेट भनिने सुवास श्रेष्ठ छन्। 

सोमबार साँझ सामान्य विवाद हुँदा उनीहरुले बस्नेतलाई चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट घाइते भएका मनमोहन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।

चक्कु प्रहार गरेर फरार भएका उनीहरुलाई प्रहरीले नागार्जुन नगरपालिका–४ कम्फर्ट कोलनी नजिकबाट पक्राउ गरेको हो।