काठमाडौं- सुनको भाउँ बुधबार फेरि प्रतितोला एक हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सनु प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबारको तुलनामा बुधबार एक हजार रुपैयाँले बढेको हो।
मंगलबार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी आज बुधबार तेजाबी सुनको मुल्यमा पनि १ सय रुपैयाँले बढेर ७२ हजार ३ सय रुपैयामा कारोबार भएको छ।
मंगलबार तेजाबी सुन ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थिए।
यसैगरी चाँदीको मुल्यमा पनि एकै दिनमा ४५ रुपैयाँ बृद्धि भएको छ। मंगलबार प्रतितोला ८ सय ९५ रुपैयाँमाकारोबार भएको चाँदी आज बुधबार ९ सय ४० रुपैयाँमा कारोबार सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।