जनकपुर- धनुषाको हंसपुर नगरपालिकाकाे केन्द्र सार्ने विषयमा भएकाे विवादपछि भएको झडपमा परि घाइते स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको मृत्यु भएको छ।
साउन २१ गते कार्यालय सार्न खोज्दा मेयर र उपमेयर समूहबीच झडप भएको थियो। सोही झडपमा मण्डल घाइते हुँदा जनकपुर अञ्चल अस्पतालमा उपचारार्थ भर्ना भएका थिए।
उनको उपचारकै क्रममा बुधबार साँझ मृत्यु भएको हो।
घाइते मण्डलको मृत्यु भएपछि स्थानीयले अस्पतालमा आएर प्रदर्शन गरेका छन्। उनीहरु घटनामा संलग्न मेयरसहितलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।