काठमाडौं– पूर्व सांसद डिबी कार्की पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सतुंगलबा६ बिहीबार बिहान पक्राउ गरेको हो।
विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। गत असार १७ गत विशेषको फैसला सर्वोच्चले सदर गरेको थियो। उनी२०६७ साल भदौमा प्रहरी बनाउने भन्दै ४ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ परेका थिए। कार्की लमजुङबाट तत्कालिन नेकपा एमालेका समानुपातिक सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।