काठमाडौं- दुग्ध विकास संस्थान (डिडिसीले) शनिबारबाट लागू हुनेगरी दूधको मूल्य बढाएको छ।
डिडिसीका सूचना अधिकारी सुवास भट्टराईका अनुसार डिडिसीले बेच्दै आएको हरेक रङको प्याकेटमा ३ रुपैयाँ बढाइएको छ। आधा लिटरका उक्त प्याकेटमा प्रतिप्याकेट ३ रुपैयाँ बढाइएपछि एक लिटरमा ६ रुपैयाँ बढेको छ।
डिडिसीले हाल प्रतिलिटर ७० रुपैयाँमा दूध बेचिरहेको छ भने शनिबारबाट मूल्य बढेर प्रतिलिटर ७६ रुपैयाँ कायम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।