काठमाडौं- विश्वका उत्कृष्ट ११ खेलाडी छनोटका लागि मनोनयनमा परेका ५५ जना फुटबल खेलाडीमा यसपटक इंग्लिस प्रिमियर लिगका २१ खेलाडी परेका छन्। जसले ला लिगाको १० वर्षको कीर्तिमान तोडेको छ।
व्यावसायिक फुटबलरहरुको अन्तर्राष्ट्रिय संस्था फिफप्रो र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले हरेक वर्ष संयुक्त रुपमा ‘फिफा फिफप्रो विश्व ११’ घोषणा गर्ने गर्छन्। जसमा अहिले पहिलो चरणमा ५५ खेलाडी मनोनयनमा छन्। यसपटक ला लिगाबाट २० खेलाडी छन्, जुन प्रिमियर लिगबाट भन्दा एक कम हो।
यसमा क्लबका हिसाबले स्पेनिस क्लब बार्सिलोनाबाट सबैभन्दा धेरै ११ खेलाडी परेका छन्। अर्को स्पेनिस क्लब रियल मड्रिडबाट ९ खेलाडी छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटीका ८ र लिभरपुलका ७ खेलाडी छन्। बाँकी २० खेलाडी विभिन्न ११ क्लबबाट छन्।
उत्कृष्ट खेलाडीको छनोट खेलाडीहरुकै मनोनयनका आधारमा हुने नियम रहेको छ। जसमा २३ हजार भन्दा धेरै व्यावसायिक खेलाडीको मतदान रहेको छ। जसमा हरेक खेलाडीले एक गोलकिपर, चार डिफेन्डर, तीन मिडफिल्डर र तीन फरवार्ड छान्ने छन्। त्यसमा २०१८ को जुलाई १६ देखि २०१९ को जुलाई १९ सम्मको खेललाई आधार बनाइनेछ।
उत्कृष्ट ११ को घोषणा सेप्टेम्बर २३ मा हुनेछ। जसमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट पुरुष टिम प्रशिक्षक, उत्कृष्ट महिला टिम प्रशिक्षक, उत्कृष्ट पुरुष गोलकिपर, उत्कृष्ट महिला गोलकिपर, उत्कृष्ट गोल अवार्ड, फेयर प्ले अवार्डलगायतका अवार्डहरु पनि घोषणा हुनेछन्।
यसरी उत्कृष्ट ११ खेलाडी छनोट गर्न थालेको १५ वर्ष पुगेको छ। जसमा यसपटक उत्कृष्ट ११ का लागि छानिएको पहिलो चरणका ५५ खेलाडीमा १७ खेलाडी पहिलो पटक मनोनयमा परेका हुन्।
हरेक पटक ५५ खेलाडीको सुरुवाती छनोटमा परिरहेका गोलकिपर जियानलुइजी बुफोन यसपटक पर्न सकेका छैनन्। यस्तै २००७ देखि लगातार मनोनयमा रहेका आन्द्रेस इनिस्टा पनि यसपटक परेका छैनन्। साथै हरके वर्ष मनोनयनमा पर्ने एकमात्र खेलाडी क्रिष्टियानो रोनाल्डो रहेका छन्।
यस्तै २०१८ मा उत्कृष्छ ५५ मा रहेका १७ खेलाडी यसपटक परेका छैनन्। जसमा इडिसन काभानी, थिएबट कोर्टुवा, फिलिप कोटिन्हो, पाउलो डिबाला, माट्स हुमेल्स, इस्को, डेजान लोभरान, रोमेलु लुकाकु, मारियो म्यानजुकिज, नेमान्जा म्याटिक, एरी मिना, केलर नाभास, बेन्जामिन पभार्ड, डेभिड सिल्भा, किरियन ट्रिपियर, स्यामुअल उमटिटी र सिम भर्साल्ज्को रहेका छन्।
२०१८ को उत्कृष्ट ११ खेलाडीमा गोलकिपरमा डेभिड डे गा, डिफेन्डरमा ड्यानी अल्भेस, राफेल भारान, सर्जियो रामोस र मार्सेलो साथै मिडफिल्डरमा लुका मोडरिक, एन्जेलो कान्टे, इडन हाजार्ड र फरवार्डमा केलियन एमबाप्पे, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो परेका थिए।
को को छन् उत्कृष्ट ५५ मा ?
गोलकिपर
एलिसन बेकर (ब्राजिल, लिभरपुल)
डेभिड डे गा (स्पेन, म्यानचेस्टर युनाइटेड)
एडरसन मोरेस (ब्राजिल, म्यानचेस्टर सिटी)
जान ओबलाक (स्लोभानिया, एथ्लेटिको मड्रिड)
मार्क आन्द्रे टेर स्टेगन (जर्मनी, बार्सिलोना)
डिफेन्डर
जोर्डि अल्बा (स्पेन, बार्सिलोना)
ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड (इंग्ल्याण्ड, लिभरपुल)
ड्यानी अल्भास (ब्राजिल, पिएसजी/साओ पाउलो)
जाओ क्यान्सेलो (पोर्चुगल, युभेन्टस/म्यानचेस्टर सिटी)
ड्यानी कार्भाजल (स्पेन, रियल मड्रिड)
जर्जियो किलिनी (इटाली, युभेन्टस)
भर्जिल भ्यान डाइक (नेदरल्याण्ड्स, लिभरपुल)
डिएगो गोडिन (उरुग्वे, एथ्लेटिको मड्रिड/इन्टर मिलान)
जोसुवा किमिच (जर्मनी, बायर्न म्युनिख)
कालिडु कोलिबाली (सेनेगल, नापोली)
एमेरिक लापोर्ते (फ्रान्स, म्यानचेस्टर सिटी)
म्याथियस डि लिग्ट (नेदरल्याण्ड्स, आयाक्स/युभेन्टस)
जेरार्ड पिके (स्पेन, बार्सिलोना)
सर्जियो रामोस (स्पेन, रियल मड्रिड)
एन्ड्यु रोबर्टसन (स्कटल्याण्ड, लिभरपुल)
एलेक्स सान्ड्रो (ब्राजिल, युभेन्टस)
थियागो सिल्भा (ब्राजिल, पिएसजी)
राफेल भारान (फ्रान्स, रियल मड्रिड)
मार्सेलो भिएरा (ब्राजिल, रियल मड्रिड)
केल वाल्कर (इंग्ल्याण्ड, म्यानचेस्टर सिटी)
मिडफिल्डर
सर्जियो बुस्केट्स (स्पेन, बार्सिलोना)
क्यासेमिरो (ब्राजिल, रियल मड्रिड)
केभिन डे ब्रायन (बेल्जियम, म्यानचेस्टर सिटी)
क्रिष्टियन इरिकसन (डेनमार्क, टोटनह्याम)
फ्रान्की डि योङ (नेदरल्याण्ड्स, आयाक्स/बार्सिलोना)
इडन हाजार्ड (बेल्जियम, चेल्सी/रियल मड्रिड)
एन्जेलो कान्टे (फ्रान्स, चेल्सी)
टोनी क्रुस (जर्मनी, रियल मड्रिड)
आर्थर मेलो (ब्राजिल, बार्सिलोना)
लुका मोडरिक (क्रोएसिया, रियल मड्रिड)
पोउल पोग्बा (फ्रान्स, म्यानचेस्टर युनाइटेड)
इभान राकिटिक (क्रोयसिया, बार्सिलोना)
बर्नान्डो सिल्भा (पोर्चुगल, म्यानचेस्टर सिटी)
डुसान टेडिक (सर्बिया, आयाक्स)
आर्टुरो भिडाल (चिली, बार्सिलोना)
फरवार्ड
सर्जियो अग्युरो (अर्जेन्टिना, म्यानचेस्टर सिटी)
करिम बेन्जेमा (फ्रान्स, रियल मड्रिड)
रोबर्टो फर्मिनो (ब्राजिल, लिभरपुल)
एन्टोनी ग्रिजम्यान (फ्रान्स, एथ्लेटिको मड्रिड/बार्सिलोना)
ह्यारी केन (इंग्ल्याण्ड, टोटनह्याम)
रोबर्ट लेवान्डोस्की (पोल्याण्ड, बायर्न म्युनिख)
सडियो माने (सेनेगल, लिभरपुल)
केलियन एमबाप्पे (फ्रान्स, पिएसजी)
लियोनल मेस्सी (अर्जेन्टिना, बार्सिलोना)
नेमार (ब्राजिल, पिएसजी)
क्रिष्टियानो रोनाल्डो (पोर्चुगल, युभेन्टस)
मोहम्मद सलाह (इजिप्ट, लिभरपुल)
हिउङ मिन सन (दक्षिण कोरिया, टोटनह्याम)
रहिम स्टर्लिङ (इंग्ल्याण्ड, म्यानचेस्टर सिटी)
लुइस स्वारेज (उरुग्वे, बार्सिलोना)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।