काठमाडौं - नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का रुपमा परिचित मानास्लु हिमालको चुचुरोमा पुर्याइने भएको छ।
आरोही प्रकाशराज पाण्डेले व्यानर ८ हजार १ सय ६३ मिटर उचाइको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिँदै बिहीबार व्यानर हस्तान्तरण गरे। मनास्लुको चुचुरोमा पुर्याएको व्यानरलाई सागको उद्घाटन समारोहमा हस्तान्तरण गर्ने प्रकाशले जानकारी दिए।
सेप्टेम्बर तेश्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन्। रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आईल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन्। उनले बडेन पावेल स्काउट पिकको पनि २ पटक सफल आरोहण गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।