काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र बङ्गलादेशको विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानबीच भेटवार्ता भएको छ।
बिहीबार मन्त्रालयमा भएको भेटमा नेपाल–बंगलादेश द्धिपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल बताइएको छ।
भेटमा अनुभव आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजाने विषयमा छलफल भएको थियो।
गृहमन्त्री थापाले नेपालमा वि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पमा बंगलादेशको तर्फबाट भएको सहयोगका लागि बंगलादेश सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।
नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक अधिकांश कानुनहरुको तर्जुमा गरिसकेको तथा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा विपद् व्यवस्थापनको काम भईरहेको जानकारी मन्त्री थापाले रहमानलाई दिएका थिए।
बंगलादेशमका राज्यमन्त्री रहमानले नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा गरेको कामहरु सिक्न लायक रहेको टिप्पणी गर्दै विपद्को क्षेत्रमा दुई देशको सहकार्य आवश्यक रहेको टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।