घरायसी विवादमा खुकुरी प्रहारबाट श्रीमतीको हत्या

नेपाल लाइभ | २०७६ भदौ २० शुक्रबार | Friday, September 06, 2019 ०९:१५:०० मा प्रकाशित

खोटाङ- रुपाकोट मझुवागढी नगरपालिका-२ साकेला थानकी ३६ वर्षीया देविका राईको हत्या भएको छ।

गएराति साढे ७ बजे घरायसी विवादका कारण श्रीमान् ३५ वर्षीय सीताराम राईले खुकुरीले टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा राति साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

मृतकका श्रीमान् पक्राउ परिसकेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहको कार्यालयले जनाएको छ।