काठमाडौं- किशोरीलाई एसिड प्रहार गरी फरार दुईमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा १६ वर्षीय सम्साद मिया रहेका छन्।
आज बिहान पर्साको वीरगन्ज महानगरपालिका ६ गणेशमान चोक घर भई हाल मामाघरमा बस्दै आएकी १५ वर्षकी रमिता* खातुनमाथि एसिड प्रहार भएको थियो। उनी त्रिभुवन हनुमान मावि ९ मा पढ्दैछिन्। उनको मुख, छाती र हातमा एसिड प्रहार भएको प्रहरीले जनाएको छ।
गल्लीमा रहेको एक सैलुनमा बसिरहेका उनीहरुले एक्कासि एसिड प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताए।
टनामा संलग्न माजिद मालम भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।
यसैबीच पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदीप यादवले घाइते किशोरीका परिवारलाई नगद ५० हजार प्रदान गरेका छन्। उनलाई थप उपचारका लागि काठमाडौं लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। (* पीडितको नाम परिवर्तन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।