टिसिएलको 'बडा अफर, थाइल्यान्डको सफर'

नेपाल लाइभ | २०७६ भदौ २० शुक्रबार | Friday, September 06, 2019 १३:०६:०० मा प्रकाशित

काठमाडौं- विश्वको चर्चित टिभी ब्रान्ड टिसिएलले चाडपर्व २०७६ लाई लक्षित गरी ‘बडा अफर थाइल्यान्डको सफर’ योजना ल्याएको छ।

योजनामा टिसिएल ब्रान्डका उत्पादनहरु एलइडी टिभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहककाले लक्की ड्र मार्फत थाइल्यान्ड प्याकेज जित्ने अवसर पाउनेछन्। 

यो ग्राहक योजना भदौ १९ देखि सीमित अवधिका लागि मात्र लागू हुनेछ।