प्रमकाे स्वास्थ्य सामान्य, कामलाई निरन्तरता दिन सक्ने : निजी चिकित्सक

नेपाल लाइभ | २०७६ भदौ २० शुक्रबार | Friday, September 06, 2019 १४:३०:०० मा प्रकाशित

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्राडा दिव्यासि‌ंह शाहले प्रमकाे स्वास्थ्य सामान्य भएकाे बताएकी छिन्।

शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नियमित कामलाई निरन्तरता दिन सक्ने बताएकी हुन्।

नेसनल युनभर्सिटी अस्पताल (एनयुएच) सिंगापुरमा दुई साता उपचार गरेर उनी शुक्रबार स्वदेश फर्किएका छन्। शाहले प्रमकाे शरीरमा बढी मात्रामा रहेकाे एन्टीबडीलाई हटाउने वैज्ञानिक ‍‍विधि  प्लाज्मा फेरिसिस पूरा भएकाे उल्लेख गरेकी छिन्।

मिर्गाैलासम्बन्धी एन्टिबडी बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते  उपचारका लागि सिंगापुर गएका थिए। (तस्विर: रासस)