दसैंतिहारमा गोदरेजको अफर- 'फ्रि कपल ट्रिप टु बाली'

नेपाल लाइभ | २०७६ भदौ २० शुक्रबार | Friday, September 06, 2019 १९:५२:०० मा प्रकाशित

 काठमाडौं- गोदरेज अप्लाएन्सेस्‌ले दसैंतिहारको अवसरमा ग्राहकहरुमाझ 'फ्रि कपल ट्रिप टु बाली' अफर ल्याएको छ।

यस योजनाअन्तर्गत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्रमार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन्।

लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address टाइप गरी पठाउन पर्नेछ।

गोदरेजका रेफ्रिजिरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्रमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ। एसीको खरिदमा फ्रि जडान गरिनेछ।

यस योजना नेपाल अधिराज्यभर आगामी भाद्र २० देखि सिमित अवधिको लागि मात्र लागू हुने बताइएको छ।