भारतले चन्द्रमामा विजय प्राप्त गर्ने प्रयास गरेको छ। यो गर्वको क्षणमा म एकैसाथ चन्द्रमा र मेरो पैतालामुनिको जमिनमा पनि हेरिरहेको छु। मेरो सडकमा ज्वालामुखी र खाल्डा छन् जुन चन्द्रमाभन्दा अधिक छन्। दुनियाँभर प्रजातन्त्र आगोमा छ, जसले चन्द्रमाको जस्तै शीतलता खोजिरहेको छ। तर यो आगो केवल ती सूचनाले निभाउँछ जुन शुद्ध होस् र आँटसहितको। बयानबाजी नहोस्। जति शुद्ध हाम्रा सूचना हुन्छन्, त्यति नै गहिरो विश्वास नागरिकमा हामीप्रति हुन्छ।
सूचनाले राष्ट्र बनाउन सहयोग गर्छ। अर्कातिर झुटा समाचार, प्रोपागान्डा (अधिकप्रचार) र गलत इतिहासले भिड सिर्जना गर्न सघाउँछ। दुनियाँको अन्य भागमा मेरा विचार राख्ने अवसर दिएकोमा रेमोन म्यागसेसेप्रति कृतज्ञ छु। तपाईंलाई थाहा छ कि म शुद्ध हिन्दीवाला हुँ र तपाईंहरुको सुविधाका लागि मेरो साथीले यो भाषणलाई अंग्रेजीमा अनुवाद गर्नुभएको हो। त्यसकाण मेरो उच्चारणमा र मेरा भाषणमा केही लेख पर्न गएमा क्षमा चाहन्छु। दुई महिनाअघि म अफिसको कुनामा दैनिक प्रसारणका लागि काम गरिहेको थिएँ, त्यही बेला मोबाइलमा आएको एउटा कल उठाएँ। त्यो फिलिपिन्सबाट आएको नचिनेको अन्तराष्ट्रिय नम्बर थियो। मलाई लागेको थियो कि यो ‘ट्रोल कल’ हो। किनभने मलाई आउने धेरै ट्रोल कलमध्ये फिलिपिन्सबाट पनि आउँथे।
यदि साँच्चै उनीहरु फिलिपिन्समा रहेका छन् भने म यो अवसर उनीहरुलाई स्वागत गर्न प्रयोग गर्न चाहन्छु। म अहिले यहीँ छु।
तैपनि म ती दिनमा पुगेँ र मैले मेरी सहकर्मीतर्फ फर्केर सोधेँ, मेरो ट्रोल कलमा प्रयोग हुने भाषा सुन्न उनी इच्छुक होलिन्? मैले मेरो मोबाइल लाउड स्पिकरमा राखेँ र अर्को कुनाबाट एउटा महिलाको आवाजले बधाई दिइरहको थियो, 'कृपया म के रवीश कुमारसँग कुराकानी गर्न सक्छु?'
मेलै मेरो जीवनमा हजारौं ट्रोल कल पाएको छु तर कहिले पनि महिलाबाट आएको छैन। मैले तुरुन्तै मेरो मोबाइलको स्पिकर बन्द गरेँ र फोनम कानमा लगाएँ। जटिल अंग्रेजीमा ती महिलाले मलाई सूचित गरिन् कि मैले रामोन म्यागसेसे पुरस्कार पाएँ।
हामी पत्रकार र आम नागरिकका रुपमा परीक्षण हुने समयमा बाँचिरहेका छौं। अहिले हाम्रो नागरिकता परीक्षणमा छ र यसबारेमा कुनै गल्ती छैन, हामी लड्न जरुरी छ।
मिडिया र सोसल मिडियाले नागरिकलाई एक्ल्याउन र उनीहरुको आवाज बन्द गर्ने प्रक्रियामा योगदान गरेका छन्। आजका नागरिक अधिक दबाबमा छन्।
नागरिकका रुपमा हामीले हाम्रो कर्तव्य र जिम्मेवारीका बारेमा पुनर्विचार गर्न जरुरी छ। अहिलेको समयमा नागरिकतामाथि हमला व्यापक भएको छ र राज्यका निगरानी गर्ने निकाय पहिलेभन्दा बलिया भएका छन्।
यस्ता दृढ नागरिक पहिले नै छन्, जो व्यापक घृणा र एक निर्मित जानकारीको कमीका बाबजुद पनि लड्नका लागि छानिएका छन्। जहाँ लोकतन्त्रको उर्वर भूमिलाई मुरुभूमिमा परिवर्तन गरिएको छ, त्यहाँ नागरिकताको अभ्यास र जान्न पाउने अधिकारका लागि लड्नु खतरानाक भएको बनेको छ तर असम्भव भने होइन। नागरिकले सत्य सूचनाको प्रभावकारी प्रवाह चाहन्छन्। राज्यले मिडिया र नागरिक समाजमाथि पूर्ण नियन्त्रण कायम गरेको छ। मिडियामाथिको नियन्त्रण र सूचनाको प्रवाहलाई बदल्नुले तपाईंको नागरिकताको दायरालाई सीमित गरिदिन्छ।
अर्को शब्दमा मिडियाले समाचारको विधिधतालाई नियन्त्रण गर्छ र निर्दिष्ट गर्छ कि समाचार घटनाको कस्तो व्याख्या स्वीकार्य छ। अब मिडिया निगरानी राज्यको एक हिस्सा हो। अब यो चौथो अंग रहेन तर पहिलो अंग बन्यो।
जब मुलधारको पत्रकारिताले न त आफ्नो अधिकारको समर्थन गर्न सक्छ न त पत्रकारिताको विचारलाई नै। त्यसपछि नागरिक पत्रकार र पत्रकारिता दुवै निरन्तर खतरामा पर्छन्।
समाचार च्यानलका बहस बहिष्कृत राष्ट्रवादको एक शब्दावलीभित्र हुन्छ जसमा उनीहरु आफ्ना दर्शकको दिमागमा राष्ट्रको सामूहिक इतिहास तथा स्मृतिलाई बदल्न चाहान्छन्। समाचार संसारको व्याख्यानमा केवल दुई प्रकारमा मान्छे छन्– राष्ट्रविरोधी र हामी। उनीहरु भन्छन्– राष्ट्र विरोधीसँगको समस्या के हो भने उनीहरु प्रश्न सोध्छन्। उनीहरु असहमत हुन्छन् र फरक मत राख्छन्।
असहमति प्रजातन्त्रको आत्मा हो। यसमाथि निरन्तर आक्रमण भइरहेको छ। जब नागरिकता खतरामा हुन्छ अथवा यसको अर्थ परिवर्तन गरिन्छ तब नागरिक पत्रकारिताको अवस्था के होला? दुवै नागरिक हुन्, जो राष्ट्रका रुपमा बोलेको दाबी गर्छन् र तिनका सिकार भएका छन्। संसारमा यस्ता धेरै राष्ट्र छन्, जहाँको शासनले न्यायपालिकालाई समेत आफ्नो प्रभावमा पारेको छ र जनताबीच वैधता पाएको छ।
अहिले हङकङ र काश्मीरमा के भइरहेको छ? त्यहाँका जनता अझै लडिरहेका छन्। तपाईंलाई थाहा छ हङकङमा प्रजातन्त्रका लागि लड्ने लाखौं मानिस किन सामाजिक सञ्जाल त्याग गर्छन्? उनीहरु अब कुनै पनि भाषामाथि विश्वास गर्न सक्दैनन्, उनीहरुलाई थाहा छ कि उनीहरुको सरकार उनीहरुभन्दा राम्रो बोल्छ। त्यसैले उनीहरुले आफ्नो भाषा बनाएका छन् र उनीहरु आफ्नो प्रदर्शन रणनीति र कार्यनीति आफूले बनाएको भाषाको वाक्य संरचनामा सञ्चार गर्दछन्। यो नागरिकको लडाइका लागि नयाँ दृष्टिकोण हो।
काश्मीरमा धेरै हप्तादेखि सूचना र सञ्चारमा प्रतिबन्ध लगाइएको छ। करोडभन्दा बढी मानिसलाई सूचनाबाट वञ्चित गरिएको छ। त्यहाँ इन्टरनेट बन्द गरिएको छ। भारतको स्वतन्त्रता दिवसका दिन टेलिभिजन च्यानलको लोगोमा केवल सेतो र कालो रङ प्रयोग गर्न निर्देशन दिइयो। अचम्म के भने यस्तो निर्देशन कसरी पालना हुन्छ?
अब राज्यमात्रै होइन, राज्यजस्तै बनिसकेका मान्छेहरु पनि मिडियाका चुनौती हुन्। नागरिकहरु सूचनाको क्षेत्रमा आफ्नो ‘स्पेस’का लागि लडिरहेका छन् तर अखबारहरु काँतर बनेका छन्।
जब मुलधारको पत्रकारिताले न त आफ्नो अधिकारको समर्थन गर्न सक्छ न त पत्रकारिताको विचारलाई नै। त्यसपछि नागरिक पत्रकार र पत्रकारिता दुवै निरन्तर खतरामा पर्छन्। आफ्नो खर्च कटौतीका लागि नागरिक पत्रकारिताको अभ्यास यिनै मुलधारका मिडियाले थाले। तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने मूलधारका मिडियाको नागरिक पत्रकारिता र त्यस बाहिरको नागरिक पत्रकारिता अलग हुन्।
आज पनि कैयौं न्युजरुम यस्ता छन्, जहाँ पत्रकारलाई आफ्नो व्यक्तिगत राय लेख्ने अनुमति छैन। आज कसैले काश्मीरबाट चर्को खालको ब्लग लेखून् त, हाम्रा मूलधारका मिडियाले तिनलाई ‘राष्ट्रविरोधी’ करार गर्नेछन्।
अहिलेका मिडियामार्फत लोकतन्त्रलाई बुझ्ने कोसिस गर्ने हो भने लोकतन्त्रको एउटा यस्तो तस्बिर बन्नेछ, जहाँ सारा सूचनाको रङ एकै देखिन्छ। त्यो रङले सत्ताको रङसँग मेल खान्छ।
जब मुलधारका मिडियामा विपक्ष वा असहमति गाली बन्दछ भने नागरिकमाथि संकट आइलाग्छ। दुर्भाग्य भन्नुपर्छ यसलाई हाम्रा न्युज च्यानलले गरिरहेका छन्।
कार्यालयको समूहमा सूचना जाँचका लागि म प्रत्येक क्षण म मेरो ह्वाट्स एप खोल्छु। म यसलाई कहिले पनि टाढा बनाउँदिनँ। मेरो बाटोलाई दुर्व्यवहार गर्न ट्रोल बनाएर मेरो नम्बर सार्वजनिक गरिन्छ। त्यो दुर्व्यवहार धम्कीका रुपमा आइपुग्छ।
मान्छेहरुले मलाई गाली गरुन् भनेर देशैभर मेरो फोन नम्बरलाई ट्रोलमार्फत भाइरल बनाइयो। गाली, धम्की आइरन्छन्। तर, त्यसमा आफ्नो क्षेत्रको खबर दिनेहरु पनि छन्।
म यो सबै किन सुनाइरहेको छु भने, ‘नागरिक पत्रकार’ हुन अब राज्यमात्रै होइन, राज्यजस्तै बनिसकेका मान्छेहरु पनि मिडियाका चुनौती हुन्।
नागरिकहरु सूचनाको क्षेत्रमा आफ्नो ‘स्पेस’का लागि लडिरहेका छन् तर अखबारहरु काँतर बनेका छन्। ती आफ्नो आलोचनालाई देशको आलोचनाका रुपमा प्रस्तुत गर्दछन्। त्यसका लागि पनि अब हामीलाई ठूलो संख्यामा नागरिक पत्रकारहरुको खाँचो छ। नागरिक लोकतन्त्रको खाँचो त्योभन्दा पनि धेरै छ।
जब मिडिया नै नागरिकविरुद्ध उभिएका छन् भने यो नागरिकले नै मिडियाको भूमिका लिने समय हो यो। राज्य अपारदर्शी बन्दै छ र सूचिना रोकिरहेको छ। मुलधारका मिडियाले हरेक चिजमा केवल मुनाफा बढोत्तरी मात्रै देखेका छन्।
भारतीय मुलधारका मिडियाले नागरिकलाई निरक्षरतातर्फ धकेल्न दिनरात काम गरिरहेका छन्। उनीहरुको पाठ्यक्रममा तर्कहीन राष्ट्रवाद र साम्प्रदायिकतालाई मात्रै ठाउँ छ। मुलधारका मिडियालाई शुद्ध सूचनाका लागि राज्यको ‘न्यारेटिभ’का रुपमा मान्न थालिएको छ।
यहाँ धेरै टिभी च्यानल छन् तर शैली र विषयवस्तु सबै च्यानलमा एकै छन्। यिनीका लागि विपक्षी विनाशकारी हुन्।
जब मुलधारका मिडियाले भारतीय विश्वविद्यालय विश्व सूचीमा सूचीकृत भएको झुटा समाचार प्रचार गर्नेछन् तब अनगन्ती कलेजका विद्यार्थीहरुले तिनीहरुको कक्षाकोठाको हालत र त्यहाँका कर्मचारीको हालतबारे मलाई सन्देश पठाउँछन्।
जब नागरिकमाथि नियन्त्रण जमाउन राज्य र मिडिया एक हुन्छन्, तब त्यहाँ नागरिक पत्रकारका रुपमा काम गर्न सम्भव छ? प्रत्येक दिन मलाई ह्वाट्स एपमा ५ सयदेखि हजारसम्म म्यासेज आउँछन्, कलिहेकाहीँ त त्योभन्दा बढी। प्रत्येक सेकेन्डका ती म्यासेजमा जनताका समस्या हुन्छन्। पत्रकारिता उनीहरुका लागि के हो भन्ने पनि लेख्छन्।
कार्यालयको समूहमा सूचना जाँचका लागि म प्रत्येक क्षण म मेरो ह्वाट्स एप खोल्छु। म यसलाई कहिले पनि टाढा बनाउँदिनँ। मेरो बाटोलाई दुर्व्यवहार गर्न ट्रोल बनाएर मेरो नम्बर सार्वजनिक गरिन्छ। त्यो दुर्व्यवहार धम्कीका रुपमा आइपुग्छ। यो काम उनीहरु गरिराख्छन्।
सत्ताधारी दलले मेरो कार्यक्रम बहिस्कार गरे, मेरा लागि सबै बाटो बन्द भए। त्यो समयमा मेरो कार्यक्रम जनताका मुद्दामा बन्यो। जब आम मानिसलाई समाचार च्यानलबाट बहिस्कृत गरिन्छ र एकएक राजनीतिक एजेन्डा मात्रै फलाकिन्छ, केही मानिस यस्तो जालो तोड्नका लागि आफूलाई रोक्नै सक्दैनन्।
मैले उनीहरुलाई सुन्न सुरु गरेँ। प्राइमटाइमको शैली नै बदलियो। हजारौं युवाले कसरी केन्द्र सरकार र प्रान्त सरकार प्रशासनले घोषणा भएको २/३ वर्षसम्म पनि परीक्षा पूरा गरेनन् भन्ने म्यासेज गर्न थाले। परीक्षा सार्वजनिक हुँदा पनि नियुक्तिपत्र नपठाएको बारे म्यासेज गरे।
मेरो समाचार कक्ष जनताका बीचमा रहेको समाचार कक्षमा बदलियो। अझै पनि भारतीय लोकतन्त्रको आशा छ किनभने न त जनताले सरकारप्रतिको अपेक्षा त्यागेका छन् न त सरकारमाथि प्रश्न उठाउन नै छोडेका छन्।
'तपाईंले यी दुष्ट अखबार फ्याँक्नुपर्छ। यदि तपाईं कुनै समाचार/सूचना चाहनुहुन्छ भने एक-अर्कालाई सोध्नुहोस्। यदि तपाईं पढ्न चाहनुहुन्छ भने ध्यानपूर्वक- जुन भारतीय नागरिकका सेवाका लागि खोलिएका हुन्, ती छान्नुहोस्। जसले हिन्दु र मुस्लिम सँगै रहनुपर्छ भनेर पढाउँछन्।'
जब मुलधारका मिडियाले भारतीय विश्वविद्यालय विश्व सूचीमा सूचीकृत भएको झुटा समाचार प्रचार गर्नेछन् तब अनगन्ती कलेजका विद्यार्थीहरुले तिनीहरुको कक्षाकोठाको हालत र त्यहाँका कर्मचारीको हालतबारे मलाई सन्देश पठाउँछन्।
मिडिया र सोसल मिडियाले नागरिकलाई एक्ल्याउन र उनीहरुको आवाज बन्द गर्ने प्रक्रियामा योगदान गरेका छन्। आजका नागरिक अधिक दबाबमा छन्।
मुलधारका मिडिया र केही निश्चित समाचार च्यानलको मैले आलोचना गर्नको निहितार्थ मेरो महान् देशको धरातलीय उद्देश्यका लागि हो। भारतका अखबार र समाचार च्यानलले समुदाय–समुदायबीचको द्वन्द्व भड्काउँछन्।
गान्धीले भनेका थिए– तपाईंले यी दुष्ट अखबार फ्याँक्नुपर्छ। यदि तपाईं कुनै समाचार/सूचना चाहनुहुन्छ भने एक-अर्कालाई सोध्नुहोस्। यदि तपाईं पढ्न चाहनुहुन्छ भने ध्यानपूर्वक- जुन भारतीय नागरिकका सेवाका लागि खोलिएका हुन्, ती छान्नुहोस्। जसले हिन्दु र मुस्लिम सँगै रहनुपर्छ भनेर पढाउँछन्।
यदि अहिले पनि गान्धी जीवित भएका भए सन् १९४७ को १२ अप्रिलमा उनले के गरेका थिए र मैले आज यहाँ के दोहोर्याइरहेको छु भन्ने बताउने थिए।
(सन् २०१९ को रेमोन म्यागसेसे पुरस्कार पाएका भारतीय पत्रकार रवीशकुमारले उक्त पुरस्कार ग्रहण गर्दा फिलिपिन्समा शुक्रबार दिएको भाषणको सम्पादित अंश। एनडिटिभीमा प्रकाशित भाषणलाई रामकुमार डिसीले भावानुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।