मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस-सुन्तली फाउन्डेसनलाई ५ लाख सहयोग

नेपाल लाइभ | २०७६ भदौ २२ आइतबार | Sunday, September 08, 2019 २०:२८:०० मा प्रकाशित

काठमाडौं-  मुक्तिनाथ विकास बैंकले धुर्मुससुन्तली फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। 

चितवनमा निर्माण हुन लागेको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सो सहयोग गरेको हो। 

विकास बैंकले सहयोग स्वरुप सो रकम बराबरको चेक प्रदान गरेको हो।

आइतबार उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युम्न पोखरेलले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेका हुन्।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई उक्त सहयोग गरेको जानकारी दिएको छ।