काठमाडौं- एएफसी यु १६ च्याम्पियनसिपको छनोट खेल्ने २३ सदस्यीय नेपाली टोली छनोट गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो शनिबार जोर्डनमा हुने छनोट प्रतियोगिताका लागि अन्तिम टोलीको घोषणा गरेको हो।
टोलीमा भारतमा भएको साफ यु १५ को उपविजेता टिमबाट प्राय खेलाडी छन्। उक्त टोलीबाट मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले प्रदिप लम्साल, ईश्वर गुरुङ र अशिम राईलाई टिम बाहिर राखेका छन्। उनीहरुको स्थानमा पथ्थुङहाङ नेम्वाङ, क्रिष्टल शाक्य र दिपेश राई टिममा छन्।
जोर्डनमा हुने प्रतियोगिताको पहिलो खेलमा २८ गते शनिबार नेपालले जोर्डनसँग नै खेल्नेछ। यस्तै ३० गते सोमबार कुवेतसँग, असोज ३ गते शु्क्रबार ताजिकिस्तानसँग, र असोज ५ गते आइतबार श्रीलंकासँग खेल्नेछ।
‘अभ्यासमा हेरेर खेलाडी छानिएको हो। त्यसमा विशेषतः यु १५ साफलाई नै आधार बनाइएको छ। भारतमा खेलेको अनुभवले पनि प्रतियोगितामा हामीले राम्रो गर्ने आश राखेका छौँ’ प्रशिक्षक श्रेष्ठले भनेका छन्।
को को छन् टिममा ?
गोलकिपर – मनोज दहाल, जेनियस केसी, पथ्थुङहाङ नेम्वाङ
डिफेन्डर – अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमीर हमिद
मिडफिल्डर – नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपिन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री
फरवार्ड – सशांक बोहरा, सुगम जिमी, कृष्ण अधिकारी यादव, कृश सापकोटा, दिपेश राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।