नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ भदौ २३ सोमबार | Monday, September 09, 2019 २०:०१:०० मा प्रकाशित

काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) परराष्ट्रमन्त्री स्तरीय बैठक सकियो, नेपाल र चीनबीच तीन सम्झौता, मनाङमा अस्पताल बनाउन चीनले ३५ करोड रुपैयाँ सहयोग गर्ने ।

२) चर्को ब्याज असुल्न नपाएपछि सहकारी सञ्चालकहरुमा ’छटपटी’, ब्याजदर तोकेर राज्यले आफ्नो अधिकारमाथि हस्तक्षेप गरेको ’अनर्गल’ आरोप ।

३) ऐनविपरीत प्रिन्साले ’अउडी’को एउटै विद्युतीय कारमा लियो ४६ लाख रुपैयाँ नाफा, सरकारको राहत, उपभोक्तालाई आहत !

४) कीर्गिस्तानलाई ८ गोल हानेको नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित, तेस्रो खेलमा मंगलबार ताजिकिस्तानसँग खेल्ने ।

५) र, तालिवानसँग थप वार्ताको सम्भावना रहेको अमेरिकी विदेशमन्त्री पोम्पेओ भनाइ, महत्वपूर्ण प्रतिवद्धतासहित अघि आउनुपर्ने सर्त ।