हँसाउने ‘माग्ने’को रुवाउने कथा 

अनिल यादव | २०७६ भदौ २४ मंगलबार | Tuesday, September 10, 2019 २१:१२:०० मा प्रकाशित

२०५० चैत २८ गते, बिहान ७ बजे।

मकवानपुरको हात्तीसुढे बजार नजिकै खोलाको बगरमा त्यो बिहान खाली खुट्टै हिँडिरहेका थिए, केदार घिमिरे। लगाउनलाई खुट्टामा चप्पल थिएन, हाँस्नलाई बहाना थिएन। मनभरी पीडा र बेचैनी थियो।

आफू सानैदेखि लडिबुडी खेल्दै हुर्किएको प्यारो घर अघिल्लो दिनमात्रै जलेर खरानी भएपछि अब उनी र उनको परिवारसँग बचेको एउटै कुरा थियो- ‘आजको छाक कसरी टार्ने भन्ने चिन्ता’।

संसारले आज केदारलाई ‘माग्ने बुढा’ भनेर चिन्छ तर नियतिले उनलाई त्यही दिन ‘माग्ने’ बनाइसकेको थियो। त्यो बिहान पनि उनी छरछिमेकको दैलो पुग्दै थिए, एक छाक खानेकुरा पाइएला भन्ने आशमा।

बगरमा हिँड्दै गर्दा पृष्ठभूमिमा एउटा गीत बजिरहेको थियोः

यस्तै रहेछ यहाँको चलन
हार्नेको आँशु-आँशु
जित्नेको हाँसो-हाँसो
मेरो छैन केही,
हजुरलाई गुनासो

जिन्दगीमा जताततै अँध्यारो महसुस गरिरहेका बेला बजिरहेको यो गीतले उनलाई लाग्यो- देविका बन्दनाले यो गीत मेरै लागि गाउनु भएको रहेछ। केदारले देविकालाई भेटेर यो महसुस सुनाएका पनि छन्।

०००

चैत २७ गते, अघिल्लो दिन चैते धानको रोपाइँ चलिरहेको थियो। त्यतिखेर जिन्सको पाइन्टलाई तिघ्रासम्म काटेर झुत्राझुत्रा बनाएर लगाउने चलन थियो। केदारले पनि त्यसदिन त्यस्तै हाफपाइन्ट लगाएका थिए। गर्मी कडै थियो, त्यसैले तल हाफपाइन्ट, माथि चाहिँ गन्जीमात्रै लगाएका थिए।

रोपाइँमा जाँदा जुत्ताचप्पल लाउने अवस्था हुँदैन, त्यसैले खाली खुट्टै गएका थिए। रोपाइँ भइरहेकै बेला एक्कासी पारी गाउँबाट मान्छेहरुको ठूलो चिच्याहट सुनियो- ‘ए, माथि घरमा आगो लाग्यो, आगो लाग्यो’।

रोपाइँ कान्लामुनि भइरहेकाले आगो लागेको देखिएन तर आवाजले सबैलाई अत्यायो। त्यसपछि धानको बीऊ बारीमै हुत्याएर रोपाहरहरु सब दौडिए। केदार र उनको परिवार पनि दौडियो।

घर पुग्दा त केदारको घर पूरै जलिरहेको थियो, ज्वाला दन्किरहेको थियो। केदारका बुबाले वस्तुभाउसम्म खोल्न भ्याए। अरु सबैचिज डढेर स्वाहा भयो।

‘हेर्दाहेर्दै सबै चिज डढ्यो,’ त्यो दिन सम्झँदा आज पनि केदार भावुक हुन्छन्, ‘आगलागी भन्ने चिज कति भयानक हुन्छ, मलाई पहिलोपल्ट त्यतिबेलै महसुस भयो। केही पनि बाँकी रहँदैन रैछ। के–के डढ्छ, त्यो सोच्न पनि सकिँदैन। अरु त अरु मेरो त खुट्टामा लगाउने चप्पल पनि बचेनछ।’

आगलागी पछि भेट्न आउने मान्छेहरुको लर्को लाग्यो। घरलाई खरानीमा परिणत भएको देखेर कसैको मन थामिएन, सबै रुन थाले। वरिपरि रुवाबासी नै भयो।

घरमा अन्नअनाज केही बाँकी रहेन। नरहेपछि केदारको परिवारलाई कसरी चल्ने भन्ने चिन्ताले सतायो। २/३ दिनलाई गाउँलेहरुसँग मागेर भए पनि चल्नुपर्छ भन्ने निष्कर्ष निस्कियो।

माग्न जाने काम चाहिँ केदारकै भागमा पर्‍यो। भोलिपल्ट बिहानै एउटा बोरा लिएर केदार गाउँमा माग्न निस्किए। कसैले एक माना चामल दिए, कसैले ३/४ दाना आलु, कसैले प्याज त कसैले खुर्सानी। यसरी दुई दिनजति केदारको परिवारको छाक मागेरै टर्‍यो।

‘कसैले बोरामा केही सामान हाल्दिँदा आँसु तरक्कै आउँथ्यो,’ केदार सम्झन्छन्, ‘मनमनै लाग्थ्यो, मैले आज यसरी मागेर पनि खानुपर्‍यो। सहयोग गर्ने छिमेकीहरुले ‘यो दुःख सबैलाई पर्छ’ भन्दै सान्त्वना दिन खोज्दा झन् पीडा हुन्थ्यो।’

पछि जिल्ला प्रशासन कार्यालयले पनि सहयोग गर्‍यो। केदारका बुवाले पनि केही ऋणधन गरे। र, त्यसरी गाउँतिर केदार माग्दै हिँड्न परेन। भलै पछि हास्य टेलिशृंखलाले ‘माग्ने बुढा’ नै उनको परिचय बनाइदियो।

०००

केदार केही दिनअघि नेपाल लाइभ स्टुडियो आएका थिए। सधैँ दर्शकलाई पेट मिचिमिची हसाउने उनले त्यस दिन आफ्नो जिन्दगीको संघर्षका अनुभवहरु सुनाइरहेका थिए।

सदाझै माहोल हाँसोले गुन्जिनुपर्ने थियो तर थप भावुक बनिरहेको थियो। भन्दै थिए, ‘आज पनि कसैको घरमा आगलागी भएको सुन्दा एकदमै पीडा हुन्छ। त्यतिबेला त्यो घरका मानिसमा के बितिरहेको होला, महसुस गर्नसक्छु। आँखैअघि आफ्नो घर जलिरहेको दिनमा फर्कन्छु।’

‘साथीहरु एकअर्कासँग झगडा गर्दा ‘म आमालाई भन्दिन्छु’ भन्थे। त्यतिबेला म चाहिँ कसलाई भन्ने होला भन्ने लाग्थ्यो,’ यसो भन्दै गर्दा केदारका आँखा रसाएजस्तो देखिन्थ्यो।

धेरैलाई थाहा नहोला, ‘संघर्ष’ शब्दसँग राम्रोसँग परिचित हुन नपाउँदै केदार यसबाट गुज्रिए। बाल्यकालदेखि नै अनेक पीडा र संघर्षका तह पार गरे। मकवानपुरको ठिंगमा जन्मिएका उनको जीन्दगी बच्चैदेखि उकालो-ओरालो र भिरपाखा गर्दै बित्यो। गंगटा, चिप्लेकिरा र जुकासँग खेल्दै अघि बढ्यो।

स्कुल जान उनलाई सधैँ आधा घन्टा जति ओरालो हिड्नुपर्थ्यो। उकालो-ओरालोमा चप्पल लगाउन सकिँदैनथ्यो। त्यसैले सानैदेखि उनी चप्पल नलगाई हिँड्थे। तर, खाली खुट्टा हिँड्दा कटुसका काँडाले बिजाउँथे।

‘एकैचोटी २० वटा काँडा बिज्थ्यो। साथीभाइसँग तेरोमा कतिवटा, मेरोमा कतिवटा भनेर गन्दागन्दै दिन बित्थ्यो,’ ति बाल्यकालका दिन सम्झिँदा आज पनि केदार भावुक हुन्छन्।

उनी पढ्ने स्कुलमा कक्षाकोठा थिएन, टहरोमात्रै थियो। त्यो पनि कतरको टहरो। चार कक्षासम्म त्यही स्कुलमा पढेका उनी सधैं प्रथम भए।

२०३९ सालमा आफू ७ वर्षको हुँदा उनकी आमा रहिनन्। आमा बितेपछि उनको परिवारमा दुःखका तह थपिए। र, ति दुःखहरुसँग जुध्ने प्रयत्नमा उनका बुवा अग्रणी स्थानमा रहे। 

तैपनि आमा न हो, अभाव त खड्किन्छ नै।

‘साथीहरु एकअर्कासँग झगडा गर्दा ‘म आमालाई भन्दिन्छु’ भन्थे। त्यतिबेला म चाहिँ कसलाई भन्ने होला भन्ने लाग्थ्यो,’ यसो भन्दै गर्दा केदारका आँखा रसाएजस्तो देखिन्थ्यो।

चार कक्षा पास भएपछि केदारलाई अर्काे स्कुल भर्ना गरियो, एक कक्षा फड्केका उनी एकैचोटी ६ कक्षामा भर्ना भए। कक्षा फड्किएसँगै पैदल हिँड्नुपर्ने समय पनि आधा घन्टाबाट बढेर दुई घन्टामा पुग्यो।

‘म यति जिलिकान्टे, फुच्चे थिएँ कि जंगल र पहाडको बाटोमा किताब बोक्नै गाह्रो हुन्थ्यो,’ केदार सम्झन्छन्, ‘स्कुल पुग्दा थाकेर लोत्तै भइन्थ्यो। अझ स्कुल पुगेपछि पिटी खेलाइन्थ्यो। खा’को पेटमा थाकेर ह्याकह्याक भइन्थ्यो। एकदमै गाह्रो हुन्थ्यो। साँझ घर पुग्दा होमवर्क गर्न पनि गाह्रो हुन्थ्यो।’

भट्टेडाँडामा पढिरहेकै बेला उनले जीवनमा पहिलोपल्ट पैसा कमाए। नजिकै कृषिको भवन बन्दै थियो। बालुवा बोक्यो भने पैसा पाइन्छ भन्ने थाहा पाएपछि उनी पनि त्यहाँ पुगे। एक ढ्वाङ बोक्दा ४ रुपैयाँ दिने कुरा भयो। बालुवा निकै गहिरो ठाउँबाट बोकेर ल्याउनुपर्थ्यो। स्कुलबाट हाफ टाइममा र छुट्टी भएपछि उनले बोक्न थाले। त्यसरी उनले स्कुल पढ्दापढ्दै ५० रुपैयाँ कमाए।

२०४३ सालतिर केदार ७ कक्षा पढ्दै गर्दा पञ्चायतविरुद्ध आन्दोलन सुरु भयो। गाउँ पञ्चायतका बोर्डहरु निकालेर फालिन थाले। उनी पढ्ने स्कुलका सरहरुले सामूहिक राजीनामा दिए। जम्मा एकजना बाँकी भए। त्यसपछि त्यो वर्ष पढाइ यत्तिकै रोकियो।

अर्को वर्ष उनका दाइले उनलाई ललितपुर भट्टेडाँडाको स्कुल ल्याएर भर्ना गराइदिए। २० रुपैयाँ भाडा तिरेर कोठामा चारजना मिलेर बस्थे। उनको भागमा ५ रुपैयाँ पर्थ्यो।

त्यहीबेला स्कुलमा कविता प्रतियोगिता भयो। केदारले पनि कविता वाचन गरे। सोचेकै थिएनन् तर प्रथम भए।

भट्टेडाँडामा पढिरहेकै बेला उनले जीवनमा पहिलोपल्ट पैसा कमाए। नजिकै कृषिको भवन बन्दै थियो। बालुवा बोक्यो भने पैसा पाइन्छ भन्ने थाहा पाएपछि उनी पनि त्यहाँ पुगे। एक ढ्वाङ बोक्दा ४ रुपैयाँ दिने कुरा भयो। बालुवा निकै गहिरो ठाउँबाट बोकेर ल्याउनुपर्थ्यो। स्कुलबाट हाफ टाइममा र छुट्टी भएपछि उनले बोक्न थाले। त्यसरी उनले स्कुल पढ्दापढ्दै ५० रुपैयाँ कमाए।

अब ५० रुपैयाँले के गर्ने भन्ने कौतहुलता भयो। सोचे- जिन्दगीमा आफूलाई खान मन लागेको चिज खान्छु। ४८ रुपैयाँमा १२ प्याकेट बिस्कुट किने। भट्टेडाँडाबाट उनको मकवानपुरस्थित घर पुग्न हिँडेर ८ घन्टा लाग्थ्यो। ‘घर पुग्दासम्म ९ वटा बिस्कुट खाइसकेको थिएँ,’ उनले अझै पहिलो कमाइले बिस्कुट खान पाउँदाको खुसी बिर्सिएका छैनन्।

९ कक्षाको नतिजामा केदार फेल भए। दाइ चाहिँ पास भएर अघि बढे। फेल भएपछि उनलाई फेल भएको स्कुल जानै मन लागेन। घर फर्किए। बुबाले मकवानपुर, चौगढाको अर्को स्कुलमा भर्ना गराइदिए।

त्यहाँबाट एसएलसी दिएपछि उनी गाउँ फर्किए। गाउँ फर्किएकै बेला घरमा आगलागी भएको हो। आगलागीपछि सुरु भयो उनको काठमाडौं संघर्ष।

०००

केदारका बुबा ठेक्कापट्टाको काम गर्थे। एसएलसीमा फेल भएपछि पढाइ छाड्ने र बुबालाई नै काममा सघाउने भन्दै उनी बुबासँगै काठमाडौं आइपुगेका थिए। अछामको साँफेबगरमा बुबाको ठेक्का पर्‍यो। त्यसपछि त्यतै जाने तयारी भयो।

तर, काठमाडौं शिक्षण पेसामा आबद्ध उनका काका सुरेन्द्र शर्माले त्यसो हुन दिएनन्। 'जेसुकै दशा लागे पनि पढ्नु चाहिँ पर्छ, पढाइभन्दा ठूलो केही होइन' भन्दै केदारलाई आफूसँगै राखेर पढाए। एसएलसीको तयारी गराए। दोस्रो प्रयासपछि उनले त्यस वर्ष एसएलसी कटाए।

एसएलसी पास भएपछि उनी कामको खोजीमा लागे। दाइ भित्तामा रङ लगाउने काम गर्थे। त्यतिबेला सिंहदरबारभित्र संसद् सचिवालमा रङ लगाउँथे। दाइले केदारलाई पनि यही काम सिक्न भने। सिके तर पार लागेन।

ललितपुर, लगनखेलस्थित फुटपाथमा पसल राखे- कस्मेटिक्सको। पसलमा नेलकटर, काइँयो, जुत्ता पोलिस, ऐनाजस्ता सामान राखे। पहिलो दिन नै २ सय ५० रुपैयाँ कमाइ भयो। त्यसपछि घर आए, लामो सास फेरे अनि मनमनै सोचे- ‘अब चाहिँ बाँच्ने भइयो काठमाडौंमा।’

त्यसपछि बालुवा बोक्ने काम गरे। बोक्नुअघि ७० रुपैयाँ दिने सम्झौता भएको थियो। पछि त ‘तिम्रो ज्यान सानो रैछ, धेरै बोक्दैन रैछौ’ भन्दै ६५ रुपैयाँमात्रै दिए। 

त्यतिबेला थुन्चेमा बोक्दा ओभानो बालुवाबाट पानी निस्किन्थ्यो। त्यसरी उनले १० दिन जति बोके। तर, सम्झौता गरेअनुसार पारिश्रमिक नदिएपछि उनको चित्त दुख्यो। चित्तै नबुझेपछि त्यो काम पनि छाडे।

होचो कदका कारण उनले जीवनमा अपमानित हुनुपरेको त्यो पहिलोपल्ट थिएन, त्यसअघि पनि धेरैपल्ट त्यस्तो भएको थियो।

सात कक्षामा पढ्दा स्कुलमा स्वास्थ शिक्षा पढाउने नयाँ शिक्षक आइपुगेका थिए। भलिबल खेलाउने भन्दै सबैलाई चौरमा आउन भनिएको थियो। त्यतिबेला केदार भलिबल खेलाइरहेका थिए। सरले एक्कासी भलिबल खोसेर ‘यो तिमेरुको होइन, ७ कक्षाका लागि मात्रै हो’ भने।

केदारले दोहोर्‍याइ-तेहर्‍याइ ‘म ७ को हो’ भने, तर सरले पत्याएनन्। अन्त्यमा अरु विद्यार्थीले ‘हो’ भन्दिएपछि मात्रै उनले त्यसदिन भलिबल खेल्न पाए।

त्यसपछि ८ कक्षाबाट अर्को स्कुलमा ९ कक्षामा भर्ना हुन जाँदा पनि उनको होचो र फुच्चे शरीरका कारण स्कुलले ‘८ कक्षा पास’ भनेर पत्याउन मुस्किल मानेको थियो। आवश्यक परे सर्टिफिकेट उपलब्ध गराउने सर्तमा मात्रै उनले त्यतिबेला भर्ना हुन पाएका थिए।

०००

कलाकार बन्नुअघि केदारले गरेको संघर्ष कम प्रेरणादायी छैन। भित्तामा रङ लगाउनेदेखि बालुवा बोक्नेसम्ममात्रै सीमित छैन उनको संघर्षको कहानी।

बालुवा बोक्दा अपमानित भएपछि उनले केही समय मसला बेच्ने काम थाले। पसल, भट्टीहरुमा पुगेर जिरा, मरिच, धनिया, खुर्सानी बेचे। मसलाको भाउ महंगो पर्‍यो भन्दै ग्राहकले किन्न छाडेपछि त्यसमा पनि उनको मन अडिएन।

‘होलसेल पसल कहाँ छ भन्दा कसैले भन्दैन थिए,’ उनले सुनाए, ‘एकजनालाई सोध्दा बल्ल भन्यो ‘महाबौद्ध’। म चाहिँ चावहिल छेउ ठूलो बौद्धनाथको मन्दिरतिर पुगेछु महाबौद्ध ठानेर। पछि पो थाहा भयो, महाबौद्ध वीर हस्पिटलपछाडि पो रैछ।’

त्यसपछि ललितपुर, लगनखेलस्थित फुटपाथमा पसल राखे- कस्मेटिक्सको। पसलमा नेलकटर, काइँयो, जुत्ता पोलिस, ऐनाजस्ता सामान राखे। पहिलो दिन नै २ सय ५० रुपैयाँ कमाइ भयो। त्यसपछि घर आए, लामो सास फेरे अनि मनमनै सोचे- ‘अब चाहिँ बाँच्ने भइयो काठमाडौंमा।’

उनले बुबालाई फुटपाथमा पसल गर्ने भनेर घरबाट दुई हजार रुपैयाँ पैसा मागेर ल्याएका थिए। त्यसमा १ हजार १ सय ६० रुपैयाँ पसल खोल्नुअघि नै सकिसकेको थियो। बाँकी ८ सय ४० रुपैयाँबाट उनले व्यापार थालेका थिए।

पसलका लागि होलसेलमा सामान किन्दाको किस्सा कम रोचक छैन। ‘होलसेल पसल कहाँ छ भन्दा कसैले भन्दैन थिए,’ उनले सुनाए, ‘एकजनालाई सोध्दा बल्ल भन्यो ‘महाबौद्ध’। म चाहिँ चावहिल छेउ ठूलो बौद्धनाथको मन्दिरतिर पुगेछु महाबौद्ध ठानेर। पछि पो थाहा भयो, महाबौद्ध वीर हस्पिटलपछाडि पो रैछ।’

फुटपाथको पसल फाप्दै गएपछि बुवालाई पनि छोराले गरिखाला भन्ने भरोसा बढ्यो। अझै अलिकति पैसा थपिदिए। पसलबाट राम्रो हुँदै थियो तर नगरपालिकाले दुःख दिन छाडेको थिएन। हरेक दिन ‘मान्छे हिड्ने ठाउँमा पसल राख्ने?’ भन्दै थर्काउँथे।

त्यो हरेक दिनको थर्काइ सहन नसकेर केदारले फुटपाथ छाड्ने निर्णय गरे, अनि टेम्पो व्यवसायतिर लागे। सपना ट्याक्सीदेखि नाइट बस किन्नेसम्म बुने।

तर, त्यो सपना पुरा नहुँदै उनको टेम्पो काठमाडौंमा चलाउन नपाइने निर्णय भयो। सरकारले वायु प्रदुर्शनको कारण देखाएर काठमाडौंबाट टेम्पो हटाइदियो। त्यसपछि घाटा व्योहोरेर भए पनि उनले टेम्पो बेचे।

सटरमा व्यापार गर्ने सोच बनाए। कलंकीको थानकोट जाने रोडमा इलेक्ट्रोनिक्स पसल खोले। तैपनि सुख पाएनन्। सडक विभागका कर्मचारी दिनदिनै पसलतिर आउँथे, बाटो चिन्ह लगाउँथे अनि तर्साउँथे। भन्थे- ‘यति मिटर जान्छ है।’ 

‘पसलको लम्बाइ लामो थियो। सडक विभागले छोट्याएर पान पसल जत्रो बनाइदियो,’ केदार भन्छन्, ‘एक हिसाबले भन्नुपर्दा सरकारले मलाई लखेटी-लखेटी कलाकारितामा ल्याएको हो।’ 

०००

केदार कसरी कलाकार बने? ‘माग्ने बुढा’सम्मको उनको यात्रा कसरी तय भयो?

यसको कहानी पनि उत्तकै रोचक छ। इलेक्ट्रोनिक्स पसल चलाउँदा उनी चक्का (क्यासेट) ल्याएर बेच्थे। बढीजसो गाइजात्रा र कमेडियनहरुको चक्का ल्याएर सुन्थे। त्यसमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठका चक्काको बजारहिस्सा बढी थियो। सुन्दासुन्दा हाँस्यसम्बन्धी विज्ञापन, नाटक त उनले कन्ठै बनाउँथे। चक्का सँगसँगै भन्दिन सक्थे।

आरजे सुमित्रा खड्का (दिदी)सँग उनको चिनजान थियो। उनी रेडियो एचबिसीमा काम गर्थिन्। 'बिहानी' कार्यक्रम चलाउँथिन्। एक दिन केदारले सुमित्रालाई अनुरोध गरे, ‘मेरो एउटा कविता छ, वाचन गर्दिनु न।’

कविता वाचन हुने भयो। यता केदारले कार्यक्रम आउने समयमा रेडियोको साउन्ड ठूलो बनाए र वरिपरी सबैलाई ‘मेरो कविता बजिरा’छ’ भन्दै सुनाए र खुसीले उफ्रिए।

‘म जिलिकान्टे, फुच्चे थिएँ, सन्तोष दाइ आउनासाथ मान्छेहरु मलाई देखे हुन्थ्यो भन्दै ज्यान तन्काउँथे, म चाहिँ तन्किँदा पनि देखिने सम्भावना थिएन,’ केदारले सम्झिए।

यसैगरी उनले ४ वटा कविता पठाइसकेपछि रेडियोमा एकजना लेख्ने मान्छेको खोजी भयो। ‘मलाई लेख्न सक्ला जस्तो ठानेछन्, अफर गरे,’ उनले भने, ‘मेरो पनि पसल सडक विभागले काट्दा-काट्दा साँघुरो भएर बेच्ने टुंगो लागिसकेको थियो। त्यसैले हुन्छ भनेर गएँ।’

काम चाहिँ नाटकहरु लेख्ने, अभिनय गर्ने, उद्घोषण गर्ने रहेछ। बिस्तारै सिंगो कार्यक्रम नै उनको भागमा पर्‍यो। कमेडी कार्यक्रम गर्ने निर्णय गरे। नाम राखे ‘काउसो’। कार्यक्रमको चरित्र आफैंले रचना गरेर उट्पट्याङ कुरा गर्ने थियो।

सुझाव आयो- ‘तपाईंको मात्रै बोल्ने कार्यक्रम कसैले सुन्दैन, कमेडियनहरुलाई गेष्ट बनाएर अन्तर्वार्ता लिनुस्, अनि बीच-बीचमा प्रस्तुति तपाईंको घुसाउनुस्। राम्रो हुन्छ।’

केदारलाई सुझाव गज्जब लाग्यो। त्यसै गरे। भन्छन्, ‘नेपालका सबै हाँस्यकलाकारको मैले अन्तर्वार्ता लिएको छु। त्यतिखेर मिनी डिस्क हुन्थ्यो, घर–घर पुगेर अन्तर्वार्ता लिएर आउँथे। उहाँहरुसँग एकखालको संगत, एकखालको चिनजान भयो। त्यसपछि म पनि गर्नसक्छु भन्ने आत्मविश्वास बढ्दै गयो।’ 

हाँस्य कलाकारितामा रुची बढ्दै गएपछि उनले एकदिन त्यतिबेलाका 'कमेडी किङ' सन्तोष पन्तलाई ‘हिजोआजका कुरा’ सिरियलमा खेलाउन अनुरोध गरे।

सन्तोषले ‘काम पाउनलाई त अभिनय सिक्नुपर्छ नि’ भनेपछि उनले नेपाल आर्टस् एन्ड डान्स सेन्टरमा कक्षा लिन थाले। यता रेडियोमा बोल्न पनि छाडेनन्। सँगसँगै सन्तोष पन्तकोमा धाउन पनि छाडेनन्।

‘म जिलिकान्टे, फुच्चे थिएँ, सन्तोष दाइ आउनासाथ मान्छेहरु मलाई देखे हुन्थ्यो भन्दै ज्यान तन्काउँथे, म चाहिँ तन्किँदा पनि देखिने सम्भावना थिएन,’ केदारले सम्झिए।

रेडियोमा कविता वाचन हुने भयो। यता केदारले कार्यक्रम आउने समयमा रेडियोको साउन्ड ठूलो बनाए र वरिपरी सबैलाई ‘मेरो कविता बजिरा’छ’ भन्दै सुनाए र खुसीले उफ्रिए।

एक दिन चाहिँ सन्तोषले आउनासाथ सोधेछन्, ‘अहिलेसम्म तिमीहरुमध्ये एकपल्ट पनि नखेलेको को छौ?’

केदार लगायत केहीले हात उठाए। तर, चारजना मात्रै छनोट भए। भाग्यवश, त्यसमा केदार पनि परे।

त्यसको केही समयपछि जितु नेपालको ‘गीतान्जली’मा अभिनय गर्ने मौका पाए। त्यहाँ त सिरियल लेख्ने मौका पनि मिल्यो। त्यतिबेला सिताराम कट्टेल पनि उनीहरुसँग जोडिइसकेका थिए। ‘गीतान्जली’ले केदारको लेख्ने खुबी बढायो।

त्यसपछि बिस्तारै केदारको क्षमता विस्तारित हुँदै गयो।  दमन रुपाखेतीको ‘लोकलहरी’ र दीपकराज गिरीको ‘तितो सत्य’मा काम गर्ने अवसर जुर्‍यो। पछि सितारामसँग मिलेर ‘मेरी बास्सै’ सुरु गरे। मेरी बास्सै आएको दुई वर्षपछि उनलाई लाग्यो, ‘अब चाहिँ सुखका दिन सुरु भए।’

‘माग्ने बुढा’ क्यारेक्टर यति हिट भयो कि स्टेज कार्यक्रम र महोत्सवहरुमा उनको माग व्यापक बढ्यो।

कुनैबेला एक छाक टार्नलाई छिमेकीको भर पर्नुपर्ने केदारले त्यसपछि ललितपुरस्थित इमाडोलमा आफ्नै घर बनाए। ‘एउटा गरिबले ठूलो सपना कहिल्यै देख्दैन, आजको छाक कसरी टार्ने त्यो नै उसको सबैभन्दा ठूलो सपना हुन्छ,’ केदार थोरै दार्शनिक सुनिए, ‘मैले पनि मेरो जिन्दगीमा यसरी घर बनाउँला, गाडी चढौँला भन्ने कहिल्यै सोचेको थिइनँ। तर, संघर्ष गरेपछि असम्भव भन्ने केही नहुँदो रैछ। मैले मेरो जीवनबाट सिकेको सबैभन्दा ठूलो पाठ नै यही हो।’

०००

काम खोज्ने दौरानमा केदारले धेरैपल्ट अस्वीकृत र अपमानित हुनुपरेको छ। काम माग्दै अरुको अफिसमा धेरै धाउँथे। भन्छन्, ‘ढुंगा-ढुंगामा नठोक्किकन कोही शालिग्राम बन्न सक्दैन।’

‘पिरेम परेछ’ भन्ने टेलिसिरियलका लागि तीन दिन धाएर १० सेकेन्डको रोल पाएको क्षण उनी कहिल्यै बिर्सन्नन्।

प्रसुति गृह नजिकै एउटा अफिस थियो। एकदिन अभिनय सिकेका दुई साथीसँगै केदार त्यहाँ पुगेका थिए, ‘अभिनय सिकेका छौँ, खेल्न पाइन्छ कि पाइँदैन’ भन्ने प्रश्नसहित।

भोलि १२ बजे आउनु भनेर फर्काइएको थियो। हरेक दिन ४  बजे अभिनय कक्षा हुन्थ्यो। भोलिपल्ट केदार एक्लै पुगे त्यहाँ, सिरियल खेल्न पाइने आशामा।

कार्यालयमा कोही थिएनन्, एकजना कोठा बढार्दै गरेकी दिदीबाहेक। निराश हुँदै कार्यालयबाट फर्कंदै गर्दा अफिसमुनि एउटा माइक्रो गुड्न लागेको अवस्थामा देखे। झ्यालबाट कसैले मुन्टो निकालेर सोध्योे- ‘ए भाइ, कसलाई खोजेको?’

केदारले ‘हिजो १२ बजे आउनु भन्नुभएको थियो’ भनेपछि फेरि जवाफ आयो, ‘ल–ल, हामीले बोलाको हो, माइक्रोको पछाडि-पछाडि आउनु है।’

त्यसरी माइक्रो अघि-अघि बाइक पछिपछि गर्दै उनी गोकर्णसम्म पुग्दा ४ बज्नै लागिसकेको थियो। लामो पर्खाइपछि त्यस दिन डाइरेक्टरले भने, ‘भोलि आउनु।’

दोस्रो दिन गंगाहल नजिकै सुटिङ थियो। त्यस दिन पनि उनले ४ बजेको अभिनय कक्षा सुरु हुने बेलासम्म पर्खिए। सुटिङ नभएपछि उनले निर्देशकलाई भने, ‘सर मेरो क्लास सुरु हुन लाग्यो।’

अन्त्यमा केदारको डायलग थियो, ‘त्यही त, हाकिम सा'ब त नराम्रोसँग बिग्रिनुभयो।’ १० सेकेन्डमा यो डायलग बोलेपछि केदारको सुटिङ सकियो। विडम्बना, त्यो कार्यक्रम कुनै टिभीमा प्रसारण भएन।

तर, त्यस दिन पनि उनको सुटिङ गरिएन। लामो पर्खाइपछि जवाफ आयो, ‘भाइ तिम्रो भएन, भोलि आऊ।’

तैपनि आशा मरेको थिएन उनको। तेस्रो दिन, राष्ट्र बैंक अगाडि ताईं एन्ड तुईं रेष्टुरेन्टमा सुटिङ थियो। त्यहाँ पनि समयमै पुगे। निर्देशकले सुरुमै भने, ‘आज चाहिँ कन्फर्म सुटिङ हुन्छ, जानु पर्दैन।’ 

नभन्दै सुटिङ हुने भयो। केदारसँगै थप दुई क्यारेक्टर उभ्याइयो। पहिलो क्यारेक्टरले भन्यो, ‘हाम्रो हाकिम सा’ब घरमा श्रीमती हुँदाहुँदै स्टाफसँग लागेर बिग्रिनुभयो।’

दोस्रोको डायलग थियो, ‘पैसा पनि धेरै नाश गर्नुभयो।’

अन्त्यमा केदारको डायलग थियो, ‘त्यही त, हाकिम सा'ब त नराम्रोसँग बिग्रिनुभयो।’

१० सेकेन्डमा यो डायलग बोलेपछि केदारको सुटिङ सकियो। विडम्बना, त्यो कार्यक्रम कुनै टिभीमा प्रसारण भएन।

०००

‘जिन्दगी के रैछ त?’

केदार भन्छन्, ‘मेरो जिन्दगी त दुःखै-दुःख हो। अहिले आर्थिक दुःख त छैन, तर खुसीको कुरा गर्ने हो भने सन्तोष दाइको सिरियलमा एक सिन खेल्न पाउँदाखेरीको जस्तो खुसी त अहिले कहाँ मिल्छ र? अहिले त बढी व्यवसायिक भइयो। सेलिब्रेटी भइस्, यो गर्न हुँदैन, त्यो गर्न हुँदैन भन्दै नियम र सर्तमा बस्दा के मज्जा!’

पछि केदारलाई पनि डाक्टरले आन्द्रामा प्वाल परेको बताए। डाक्टरले आन्द्रामा घाउ देखाएपछि उनमा ‘मलाई पनि आमालाई जस्तै हुन्छ कि’ भन्ने डरले सतायो। ‘अब बाँच्दिन होला’ भन्ने लाग्न थाल्यो। सँगसँगै बच्चाबच्चीको भविष्यको चिन्ताले सताउँदै लग्यो।

संघर्षका ती दिनलाई अहिले पनि केदारले बिर्सेका छैनन्। आज सेलिब्रेटी भइसकेपछि पनि उनको जीवनशैली भव्य देखिएको छैन, साधारण नै छ।

कुरैकुरामा पंक्तिकारले सोध्यो, ‘फुटपाथमा पसल गरेको त्यो ठाउँ अहिले सम्झनुहुन्छ?’

जवाफमा उनी भावुक सुनिए- ‘किन नसम्झिनु? लगनखेलस्थित नमूना मच्छिन्द्रको अगाडिपट्टि, बसपार्क छेउ पेटीमा राखेको थिएँ। अहिले पनि बेला-बेला त्यहाँ पुग्छु, छोराछोरीसहित। अनि, छोराछोरीलाई त्यो फुटपाथ देखाउँदै भन्छु, ‘हेर, छोराछोरी आज म जे छु, यही फुटपाथका कारण छु।’

०००

चर्चाको चुलीमा पुगेकै बखत केही वर्षअघि केदार डिप्रेसनको अवस्थाबाट गुज्रिए। यसकै कारण करिब डेढ वर्ष उनी कलाकारिता क्षेत्रबाट टाढिए।

आमा बितेपछि उनका बुबाले दोस्रो बिहे गरे। दोस्रो आमा पनि पेटको समस्याका कारण बितिन्। डाक्टरले त्यतिबेला उनलाई पेटमा आन्द्राको समस्या देखाएको थियो।

पछि केदारलाई पनि डाक्टरले आन्द्रामा प्वाल परेको बताए। डाक्टरले आन्द्रामा घाउ देखाएपछि उनमा ‘मलाई पनि आमालाई जस्तै हुन्छ कि’ भन्ने डरले सतायो। ‘अब बाँच्दिन होला’ भन्ने लाग्न थाल्यो। सँगसँगै बच्चाबच्चीको भविष्यको चिन्ताले सताउँदै लग्यो।

‘म डिप्रेसनबाट गुज्रिँदा सबैभन्दा बढी दुःख मेरी श्रीमतीले पाइन्। म बाइकमा पछाडि बसेको हुन्थे, उनी अगाडि कुदाइरहेकी हुन्थिन्। मेरो हर्कतले बीचमै बाइक रोक्थिन्। चस्मा खोल्थिन्, अनि आँखाबाट झरिरहेको आँसु पुछ्थिन्। यो दृश्य मलाई अहिले पनि झल्झली याद आउँछ।’

औषधि खाएको ३० दिनपछि त मान्छे देख्ने बित्तिकै झर्को लाग्ने, रिस उठ्ने हुन थाल्यो।

‘मान्छेहरुसँग बोल्न मन नलाग्ने, उज्यालो हेर्न मन नलाग्ने हुन थाल्यो,’ केदारले सम्झिए, ‘एक्लै बस्न मन लाग्थ्यो। गाडी देख्दा डर लाग्थ्यो, हान्ला कि जस्तो हुन्थ्यो। भूइँचालो आएजस्तो महसुस हुन्थ्यो। कसैको फोन नै उठाउन मन लाग्थेन।’

डिप्रेसनबाट मुक्ति पाउन उनले धेरै भजनहरु सुने, इन्टरनेटमा मोटिभेसनल भिडियोहरु हेरे। अरुलाई पनि त्यसै गर्न सुझाउँछन् उनी।

र, श्रीमतीलाई धन्यवाद दिन कहिल्यै बिर्सिदैनन्। भन्छन्, ‘म डिप्रेसनबाट गुज्रिँदा सबैभन्दा बढी दुःख मेरी श्रीमतीले पाइन्। म बाइकमा पछाडि बसेको हुन्थे, उनी अगाडि कुदाइरहेकी हुन्थिन्। मेरो हर्कतले बीचमै बाइक रोक्थिन्। चस्मा खोल्थिन्, अनि आँखाबाट झरिरहेको आँसु पुछ्थिन्। यो दृश्य मलाई अहिले पनि झल्झली याद आउँछ।’