काठमाडौं- एसिसी यु १९ एसिया कप अन्तर्गत युएईविरुद्धको खेलमा नेपालका आसिफ शेख अर्धशतक नजिक पुगेर चुकेका छन्। ५३ बलमा ४६ रन बनाउँदा उनी आउट भए। जसमा उनले ८ चौका बनाए।
श्रीलंकाको कटुनाएकेमा भइरहेको खेलमा युएईले टस जितेर फिल्डिङ रोजेको हो।
ओपनिङ ब्याटिङमा गएका रित गौतम र पवन सर्राफ रन नबनाई आउट भएपछि दबाबमा परेको नेपाली ब्याटिङ आसिफले केही उकासेका हुन्। यस्तै कप्तान रोहित कुमार पौडेल ४६ बलमा ३४ रन बनाएर खेलिरहेका छन्। आसिफ आउट भएपछि सन्दीप जोरा क्रिजमा छन्।
१९ ओभर सकिँदा ३ विकेट गुमाएर नेपालले ८४ रन बनाएको छ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले हारेको नेपाल समूह चरणको अन्तिम खेलमा युएईसँग खेलिरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।