काठमाडौं- तीन तहका सरकारको सहयोगमा इन्द्रजात्रा पर्व संरक्षण कोष स्थापना हुने भएको छ।
संघ, प्रदेश तथा स्थानीय तहका सरकारको सहयोगमा कोष स्थापना गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।
संघीय सरकारबाट १ करोड ५० लाख प्रदेश सरकारबाट प्रदेश सरकारबाट १ करोड, काठमाडौं महानगरपालिकाबाट २ करोड र गुठी संस्थानबाट ५० गरी जम्मा ५ करोड सहयोगमा कोष स्थापना गर्न लागिएको हो।
काठमाडौं महानगरका प्रमुखको अध्यक्षतामा रहने सिमितले यो कोष संचालन गर्नेछ। यसका साथै जात्राको व्यवस्थापन समेत सोही कोषले गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।