काठमाडौं- प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
थापाले आफूले प्रधानसेनापतिको कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति सार्वजनिक गरेका हुन्।
प्रधानसेनापतिका रुपमा आफ्नो सम्पति विवरण सार्वजनिक गर्ने थापा पहिलो हुन्।
यसअघि सेनाभित्र कुनै पनि अधिकारीले आफ्नो सम्पति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन।
५५ तोला सुन, ५९० तोला चाँदी र १० लाखको हिराको हार
थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका छन्।
थापाले आफ्नो सम्पति विवरणमा काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा जग्गा रहेको उल्लेख गरेका छन्।
त्यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हिराको हार र औंठी रहेको पनि उनले उल्लेख गरेका छन्। त्यो श्रीमती दिपा थापा र छोरी रुरु थापाको नाममा रहेको उनले सार्वजनिक गरेको सम्पति विवरणमा छ।
थापाले केही बैंक, वित्तीय संस्थामा नगद, धितोपत्र र शेयर समेत रहेको उल्लेख गरेका छन्। उनले आफ्नो केही ऋण रहेको समेत उल्लेख गरेका छन्।
सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह
सेनापतिको जिम्मेवारी सम्हालेयता सेनाभित्र आर्थिक पारदर्शितालाई जोड दिएका थापाले सेनाका उच्च अधिकारीलाई पनि सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।
यस्तो छ प्रधानसेनापति थापाको सम्पति विवरण:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।