राष्ट्रिय वाणिज्य बैंकका ग्राहक र कर्मचारीलाई किस्ट अस्पतालमा १५ प्रतिशत छुट

नेपाल लाइभ | २०७६ भदौ २४ मंगलबार | Tuesday, September 10, 2019 १७:०७:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक र किस्ट टिचिङ्ग अस्पतालबीच बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रित परिवारलाई अस्पताले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ्ग हस्पिटलका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रित परिवारले आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट एक वर्षसम्म पाउने छन्।