काठमाडौं- सहकारी विभागले सहकारी क्षेत्रमा विचलन रोक्न तथा कार्यप्रक्रिया एकरुप बनाउन कार्यविधि तयार पारेको छ।
विभागले तयार पारेको कार्यविधिको मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको छ।
सहकारीमा एकरुपताका लागि साधारणसभा संचालन, वार्षिक विवरणको प्रस्तुतीकरण र माईन्युटिङमा एकरुपताका लागि छुट्टै कार्यविधि ल्याउने तयारी भइरहेको श्रोतको भनाइ छ।
नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि सहकारी संस्थाका वार्षिक साधारणसभा, समिति तथा लेखा सुपरीवेक्षण समिति बैठकका निर्णय तथा कामकारबाहीको विवरणको ढाँचालगायत थुप्रै विवरण समान हुनेछन्।
त्यसैगरी, सहकारीका चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम, नीति र योजना, संचालक समिति निर्णयजस्ता विषयमा पनि एकरूपता ल्याइने छ।
सहकारी ऐनको धारा १५१ ले गरेको व्यवस्थाअनुसार सहकारी क्षेत्रमा हुने कार्य प्रक्रियाको एक रुपताका लागि नयाँ कार्यविधि ल्याउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।