काठमाडौं- विद्युतीय कारोबारसम्बन्धी साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन्।
समाचार लेखेकै आधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले विद्युतीय कारोबारसम्बन्धी मुद्दा खेप्दै आएका थिए।
१० महिनापछि काठमाडौं जिल्ला अदालतले मुद्दाको छिनोफानो गरेको हो।
न्यायाधीश विदुर कोइरालाको एकल इजलासले प्रतिवादी पत्रकारद्वय चन्द र गुरुङलाई सफाइ दिएको हो।
अदालतमा मंगलबार बहसमा पत्रकार चन्द र गुरुङको तर्फबाट अधिबक्ता कान्तिराम ढुंगाना र अधिवक्ता दिवस निरौलाले बहस गरेका थिए।
सम्पादक चन्दलाई गत मंसिर ११ गते पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो।
उनी १८ दिन हिरासत बसेर छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।