नक्कली सुनलाई सक्कली भन्दै ८ लाख ठगी

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 १२:३५:०० मा प्रकाशित

काठमाडौं– नक्कली सुनलाई सक्कली सुन भन्दै बिक्रि गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका संचालक विराटनगर महानगरपालिका–४ बस्ने ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार छन्। 

स्वर्णकारले विभिन्न मितिमा, विभिन्न समस्या देखाएर नक्कली सुनका गहनाहरूलाई सक्कली सुनका गहनाहरू हुन भनि विश्वासमा पारी झुक्याएर व्यक्तिहरुलाई ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। 

स्वर्णकारले विभिन्न व्यक्तिहरुबाट करिब ८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  स्वर्णकारलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।