पाँचथरमा बाम्फोकले सेरिएर एक जनाले गरे आत्महत्या

नेपाल लाइभ | २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019 १०:२९:०० मा प्रकाशित

विराटनगर– पाँचथरमा एक व्यक्तिले सेरिएर आत्महत्या गरेका छन्। 

फिदिम नगरपालिका–८, घलेगाँउका ५५ वर्षीय सनम गुरुङले आफैले घाँटी रेटी आत्महत्या गरेका हुन्। 

आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले घाँटी रेटेर गुरुङले आत्महत्या गरेको अस्थायी प्रहरी चौकी तमाखेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनाको थप अनुसन्धान गरिरहेको छ।