काठमाडौं- लिला खतिवडाको शब्दमा रहेको ‘बाँचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
संगीतकार निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत संयोजन गरेका छन्। गीतमा बेनुप छेत्रीको स्वर सुन्न सकिन्छ।
प्रेम र विछोडको विषयमा तयार गीतको भिडिओमा ऋचा थापा, सुमन खतिवडा र अमर दिपको अभिनय छ।
कीर्तिपुरको चोभार र दरबारमार्गमा छायांकन गरिएको भिडिओलाई युवराज वाइवाले निर्देशन गरेका हुन्।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।