काठमाडौं- प्रतिनिधिसभाका सदस्यहरुले पछिल्ला बैठकमा उठाइरहेको डेंगुको महामारी सम्बन्धमा जानकारी गराउन सरकारलाई सभामुख कृष्णबहादुर महराले निर्देशन दिएका छन्।
बिहीबारको बैठकमा पनि सांसदहरुले डेंगुको विषयमा कुरा उठाएका थिए।
'केही दिन यताको नियमित बैठकमा र विशेषगरी आजको बैठकमा डेंगुको महामारी सम्बन्धमा सदस्यहरुबाट कुरा उठेको छ। यस सम्बन्धमा सरकार र स्वास्थ्य मन्त्रीलाई विशेषगरी ध्यानाकर्षण गराउँछु। यस विषयमा सदनलाई यथाशीघ्र जानकारी गराउन निर्देशन गर्छु,' सभामुखले भने। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।