बलात्कार प्रयासपछि दिल्लीमा नेपाली बालिकाको हत्या : कहाँ पुग्यो केस? [फलोअप]

नयाँ दिल्ली- बाजुरा स्थायी ठेगाना भएकी ९ वर्षीया बालिका लक्ष्मी चँदाराको बलात्कार प्रयासपछि नयाँ दिल्लीमा हत्या भएको दुई महिना पुग्नै लाग्यो। तर, अदालतमा चलिरहेको मुद्दाले निष्कर्ष पाउन सकेको छैन।
घटना भएको दिनको सिसिटिभी फुटेज हेरेपछि इन्टेलिजेन्स ब्युरो (आइबी) का रजनिकान्त कुमारको टोलीले ‘सनु’ भनेर चिनिने भारतीय नागरिक बसिम अहमदलाई पक्राउ गरेको थियो। अहिले उनी थुनामा छन्। ९० दिनसम्म थुनामा राख्न पाउने नियम अनुसार उनी पक्राउ परे पनि डिएनए परीक्षण गर्न भने बाँकी नै छ।
बलात्कार प्रयासपछि मुस्लिम नागरिक बसिमले हत्या गरेको मुद्दा अहिले अदालतमा चलिरहेको छ। गत साउन २२ गते उनले अदालतमा ‘मलाई अपराधीबाट मुक्त गरिपाऊँ’ भनेर निवेदन दिएका छन्। बसिमको तर्फबाट आफन्तहरु यो केस लडिरहेका छन् भने पीडित पक्षको तर्फको पक्षबाट भारतीय सरकारी वकिल संगीता रानाले यो केस हेर्दैछिन्।
बसिमले पैसाको चलखेल गरेर थुनामुक्त हुने प्रपञ्च रचिरहे पनि डिएनए टेस्टपछि मात्र वास्तविक फैसला हुने वकिलहरु बताउँछन्।
आश्वासनको अल्झो
यो केसमा न्यायका लागि यतिबेला बाजुरा बाह्रबिसेका खगेन्द्र सिंह लागिपरेका छन्। भारतलाई २० वर्षदेखि कर्मथलो बनाएका उनी नेपाली जनसम्पर्क समितिका क्षेत्रीय महासचिव पनि हुन्। समितिकी अध्यक्ष सुनिता कुँवर, उपाध्यक्ष रतनबहादुर शाही र नागेन्द्र जैशीले पनि उनलाई साथ दिइरहेका छन्।
यो केसमा भारतीय प्रहरीले पीडित पक्षको न्यायका लागि सहयोग गर्न त गरेको छ, तर देखावटी रुपमा मात्र।
भारतस्थित नेपाली दूतावाससँग यस घटनाबारे बुझ्न खोज्दा यो केसलाई हेरिरहेका एसएसपी प्रकाश अधिकारीसँग सम्पर्क हुन सकेन। पीडित पक्षलाई दूतावासले ‘हामीले भारतीय गृह मन्त्रालयबाट न्याय दिलाउनका लागि दबाब दिने काम गरेका छौं। निरन्तर जानकारी लिइरहेका छौं’ भन्ने प्रतिक्रिया दिएको छ।
भारत सरकारले घटनालगत्तै पीडित पक्षलाई आर्थिक सहयोग दिलाउने वचन त दियो। तर मृतक लक्ष्मी चँदाराका बुबा, आमाको नाममा भारतीय बैंकमा निजी खाता नभएपछि क्षतिपूर्ति पाउन धेरै समय लाग्यो।
प्रहरी थानाबाट आइओ कागज बनाएर 'पीडित पक्ष नेपाली नागरिक हुन्, उनीहरु समस्यामा छन्। बैंकमा खाता खोल्ने अनुमति दिनू' भन्ने व्यहोराको लिखित कागज बनाएपछि मात्र बैंकले खाता खोलिदिन स्वीकार गरेको थियो। पहल गरेको एक हप्तापछि मात्र बैंकमा खाता खोलिएको मृतक लक्ष्मीका बुवा देव चँदारा बताउँछन्।
पीडित पक्षलाई गत साउन २२ गते अदालतमा बोलाइएको थियो। पुन: उनीहरुलाई बोलाइएको छ। ‘क्षर्तिपूर्ति बापत कति पैसा पाउने भनेर तोक्ने कुरा बताइएको छ,’ पीडित देव (मृतकका बाबु) का साला नाता पर्ने रवीन्द्र विकले नेपाल लाइभसँग भने, 'सुरुमा एक लाख रुपैयाँ र बाँकी किस्तामा दिने आश्वासन मिलेको छ।’
मुद्दा लड्नका लागि सुरुमा एक लाख रुपैयाँ दिने भनिए पनि बाँकी पैसा केस चल्दै गर्दा किस्ताबन्दीमा दिने आश्वासन दिइएको उनको भनाइ छ।
नेपाली संघसंस्थाको बेवास्ता
घटना भएको यति लामो समय बितिसक्दा पनि भारतमा बग्रेल्ती रुपमा खोलिएका कुनै नेपाली संघसंस्थाले पीडितलाई आर्थिक सहायता प्रदान गरेका छैनन्। न त यसबारे कुनै चासो नै दिइएको छ।
घटना भएको सुरुका दिनमा केही मानिसहरु ताते पनि अहिले भने माहोल सेलाइसकेको छ। मजदुरी गरेर पेट पालिरहेको चँदारा परिवारको दुःख, पीडा र सास्ती भने दिनप्रतिदिन बढिरहेको छ। एकातिर गुजारा गर्दै आएको काम ठप्प बन्द भएको छ भने अर्कोतिर क्षतिपूर्ति र सहयोग नपाउँदा चँदारा परिवारलाई पीडामाथि पीडा थपिएको छ।
नयाँ दिल्लीमा पिजी (पेइङ गेस्ट) सञ्चालन गर्दै आएका भारतीय नागरिक बसिम अहमदले गत साउन ५ गते बलात्कार प्रयासपछि लक्ष्मीको हत्या गरेका थिए। सिसी टिभी क्यामेराको सहायताले प्रहरीले उनलाई पक्राउ गरेको थियो।
चँदारा परिवार रोजगारीका लागि बाजुराको बुढीगंगा-१ कुँडीबाट ३ वर्षअघि भारत गएको थियो। चँदारा दम्पती अहिले ३ छोरा र सानी एक छोरीसँगै बस्दै आएका छन्।
यो पनि : भारतमा बलात्कार प्रयासपछि नेपाली बालिकाको हत्या, न्याय खोज्दै चँदारा परिवार
- जापान जान श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै प्रहरीकै मिलोमतोमा २२ हजार घुस‚ प्रहरीसहित ५ जना अख्तियारको फन्दामा
- पन्ध्र वर्षपछि हत्यारा पक्राउ
- यी अवोध बालक, जसलाई नियतिले बचाइदियो
- दूषित पिउने पानीदेखि गुणस्तरहीन खाद्यपदार्थको खुलेआम बिक्री, ४ महिनामा २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई कारबाही
- सिन्धुपाल्चोक दुर्घटनाः गाडीको ब्रेक फेल भएपछि झ्यालबाट भागे ड्राइभर
- चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित
- नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेश गरे १६ पृष्ठ लामो प्रतिवेदन
- फ्रान्समा आँधी आउँदा दुई जनाको मृत्यु, हजारौँ घर विद्युत्विहीन
- भारतमा नागरिकता कानुनविरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु
- प्रचण्ड र विष्णु पौडेलद्वारा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- ‘राजनेता’ उत्पादन गर्ने अदभूत कारखाना, जमानत जफत हुनेहरुको ‘नयाँ धन्दा’
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
- ट्याक्सी खोज्न ‘ट्याक्सीमान्डु’ एप सुरु
- बुटवलको मोतीपुरमा चार पाँग्रे सवारी उत्पादन उद्योग खोल्न १२ अर्ब कोरीयाली लगानी स्वीकृत