लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्र, '४ महिनामा १ खर्ब २० अर्बका ११० परियोजनालाई सहायता'

काठमाडौं- नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिनको पहिलो सेसनका सहभागीले उद्योग र परियोजना लगानीका लागि नीतिगत र प्रक्रियागत सुधार तीव्र गतिमा भइरहेको बताएका छन्। नेपालमा पूर्वाधार परियोजना निर्माण तथा उद्योग स्थापनाका लागि झमेलामुक्त वातावरण सिर्जना गर्न सरकारले स्थापना गरेको (वान स्टप सर्भिस) एकल विन्दु सेवा केन्द्र महत्वपूर्ण उपलब्धि साबित भएको सरकारको दाबी छ।
विदेशी तथा स्वदेशी लगानीकर्ता एउटै कामको लागि धेरै निकायमा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए। ‘अब नेपाल लगानीको लागि साँच्चै आकर्षक मुलुक बनेको छ,’ उनले भने, ‘नीतिगत सुधार सधैं भइरहने प्रक्रिया भएकाले कुनै कठिनाइ भए त्यसलाई सुधार गर्दै लैजान तयार छौं।’ सार्वजनिक निजी साझेदारीमा आउने चुनौतीलाई न्यूनीकरण गर्नमा सहयोग गर्ने र आयोजनालाई दीर्घकालीन बनाउने विषयमा अघि बढ्ने उनले जानकारी दिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका सहसचिव दिनेश भट्टराईले वैदेशिक लगानी आकर्षित गर्नका लागि औद्योगिक व्यवसाय ऐन, सार्वजनिक निजी साझेदारी ऐन, श्रम ऐन लगायत ३ दर्जन कानुन संशोधन भइरहेको जानकारी दिए। उनले एकल सेवा केन्द्रमार्फत पछिल्लो ४ महिनामा १ खर्ब २० अर्ब रुपैयाँको लगानी गर्ने १ सय १० योजनालाई सहायता गरिसकेको दाबी गरे।
‘एकल सेवा केन्द्रमार्फत उद्योग स्थापना गर्नको लागि कति समयमा काम हुने भनेर स्पष्ट गर्नुको साथै भविष्यमा हुने कानुन परिवर्तनले लगानीलाई कुनै असर नगर्ने ग्यारेन्टी गरिएको छ,’ उनले भने। अब लगानीकर्ताले उद्योग स्थापनाका लागि विभिन्न स्थानमा जानु नपर्ने उनको भनाइ छ।
विद्युत विकास विभागका महानिर्देशक मधु भेटुवालले पछिल्लो समयमा जलविद्युतमा लगानी उत्साहजनक देखिएको धारणा राखे। त्यसका लागि विभागले प्रयास पनि गरिरहेको र स्वदेशी तथा विदेशी दुवै पक्ष आकर्षित भइरहेको उनको भनाइ छ। सरकारले जलविद्युतमा गरिने लगानीलाई सुरक्षित बनाउन हेजिङ सम्बन्धी कानुन तयार गरिरहेको पनि जानकारी दिए।
त्यस्तै रेल विभागका महानिर्देशक बलराम मिश्रले नेपाललाई चीन र भारतबाट जोड्ने गरी रेल मार्ग विकासको काम थालिएको बताए। ‘पूर्व सम्भाव्यता अध्ययन भइसकेको छ, अध्ययनले सम्भावना देखाएको छ,’ उनले भने, ‘भारतसँग ५ वटा अन्तरदेशीय रेलमार्ग निर्माण गर्ने काम अनुसार जयनगर जनकपुर रेलमार्ग सञ्चालनमा आउन लागेको र २ वटा डेमो रेल खरिद प्रक्रिया पूरा भई आयात गर्न लागिएको छ।’ उक्त रेल सन् २०१९ भित्र नै सञ्चालनमा ल्याउने उनले जानकारी दिए।
महानिर्देशक मिश्रले ४० लाख मानिस रहने काठमाडौंमा एकीकृत यातायात प्रणाली आवश्यक भइसकेको जोड दिए। साथै सरकारको अध्ययनले दीर्घकालीन यातायात व्यवस्थापनको लागि मेट्रो रेल सबैभन्दा उत्तम विकल्प देखिएको उनको भनाइ छ।
होङ्सी–शिवम् सिमेन्ट कम्पनीका प्रबन्ध निर्देशक गौरव गोयलले नेपालमा लगानी गर्नको लागि थालनीमा केही अफठ्यारो अनुभव भएको भए पनि लगानी बोर्ड र अन्य निकायको सहयोगमा काम गर्न सजिलो अनुभव सुनाए। नेपालमा लगानी गर्नको लागि स्थानीय चुनौतीहरुलाई बुझ्न आवश्यक रहेकोमा जोड दिए।
सेसनमा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डको सिनियर डिभिजनल इञ्जिनियर सुनिल पौड्यालले विद्युत, कृषि, पर्यटनजस्ता क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको औंल्याए। नेपालको पूर्वाधार क्षेत्रमा मात्र प्रति वर्ष २० खर्बको लगानी आवश्यक देखिएको उनको भनाइ छ।
नेपालमा लगानी गर्नुपर्ने कारणहरुमा दक्षिण एसियामा नेपाललको करका दर न्यून रहेको छ। व्यवसाय र लगानी गर्दा थोरै कर तिरेर व्यवसाय गर्न सकिन्छ। धेरै नाफा कमाउन सकिने उनले बताए। त्यस्तै, भारतसँग खुला बजार रहेको र यसले उत्पादनको बजारको अभाव नभएको जानकारी दिए।
- जापान जान श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै प्रहरीकै मिलोमतोमा २२ हजार घुस‚ प्रहरीसहित ५ जना अख्तियारको फन्दामा
- पन्ध्र वर्षपछि हत्यारा पक्राउ
- यी अवोध बालक, जसलाई नियतिले बचाइदियो
- दूषित पिउने पानीदेखि गुणस्तरहीन खाद्यपदार्थको खुलेआम बिक्री, ४ महिनामा २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई कारबाही
- सिन्धुपाल्चोक दुर्घटनाः गाडीको ब्रेक फेल भएपछि झ्यालबाट भागे ड्राइभर
- चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित
- नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेश गरे १६ पृष्ठ लामो प्रतिवेदन
- फ्रान्समा आँधी आउँदा दुई जनाको मृत्यु, हजारौँ घर विद्युत्विहीन
- भारतमा नागरिकता कानुनविरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु
- प्रचण्ड र विष्णु पौडेलद्वारा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- ‘राजनेता’ उत्पादन गर्ने अदभूत कारखाना, जमानत जफत हुनेहरुको ‘नयाँ धन्दा’
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
- ट्याक्सी खोज्न ‘ट्याक्सीमान्डु’ एप सुरु
- बुटवलको मोतीपुरमा चार पाँग्रे सवारी उत्पादन उद्योग खोल्न १२ अर्ब कोरीयाली लगानी स्वीकृत