काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा अब अतिविशिष्ट ६ जनाले मात्र जहाजसम्मै आफ्नो सवारी लैजान पाउने भएका छन्।
उक्त योजना त्रिभुवन अन्तर्राट्रिय विमानस्थलले एक सूचना जारी गर्दै बिहीबारदेखि कार्यान्वयनमा ल्याएको हो। भदौ ९ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गते सार्वजनिक गरेको १ सय ४१ बुँदे कार्ययोजनामा उल्लेख भएको यो व्यवस्था लागू भएको हो।
मन्त्रायलको जिम्मेवारी सम्हालेपछि योगेश भट्टराईले १ वर्षे कार्यायोजनामा भिभिआइपी ‘बिग सिक्स’लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने बताएका थिए।
अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षले मात्र आफ्नो सवारीसाधन आन्तरिक उडानको जहाज नजिकै लैजान पाउने छन्।
साथै, सम्माननीयसरह मर्यादा पाएका विदेशी समकक्षीलाई पनि उक्त सुविधा दिइने छ। अतिविशिष्ट बाहेकका व्यक्तिहरुले भने अब वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारीसाधन नै चढेर जहाजसम्म पुग्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।