बजाजको नयाँ शोरुम अब जाजरकोटमा

नेपाल लाइभ | २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019 १७:५९:०० मा प्रकाशित

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले जाजरकोटमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम रमेश अटो सप्लायर्स एन्ड सर्भिसिङ सेन्टरको उद्घाटन गरेको छ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो मानिएको अटो मोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। यसका लागि कम्पनीले जाजरकोटका प्रोप्राइटरमा रमेश केसीलाई डिलरसिप प्रदान गरेको छ।

नयाँ शोरुम शुभारम्भ गर्दै कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले जाजरकोटमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको बताए। ग्राहकहरु निरन्तर वृद्धि भइरहेको जानकारी गराउँदै उनले जाजरकोटको शोरुम विस्तारले झनै उत्साह जगाएको उल्लेख गरे।

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।