विराटनगर- बहुप्रतिक्षित प्रिमियम एसयूभी टाटा एच-फाइभ गोएल विराटनगरमा सार्वजनिक भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बुधबार यो कार सार्वजनिक गरेको हो।
क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभमा १३८ बिएच पावरको इन्जिन रहेको छ भने ३५० एनएम टर्क शक्ति जेनेरेट गर्छ। यो कार ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो।
यो कारमा पुस बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषता छन्।
नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिनअघि मात्र खुला गरिएको थियो। बुकिङ्ग खुल्ला भएयता टाटा एच फाइभबारे ग्राहकका सकारात्मक प्रतिक्रिया प्राप्त भएको सिप्रदीले जनाएको छ।
आकर्षक बनावट तथा खराब बाटोमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने गरी डिजाइन गरिएको टाटा मोटर्सले दाबी गरेको छ।
भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एच-फाइभको मूल्य नेपाली बजारमा सुरुवाती बजार मूल्य ५६ लाख ५५ हजार रुपैंया तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।