काठमाडौं- दोश्रो चरणको जागरण अभियानमा सत्तारुढ दलका कार्यकताले अवरोध गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
बाँकेकोे खजुरा गाउँपालिकाको-२ मा भइरहेको कार्यक्रम हलमा नेकपाका कार्यकता प्रवेश गरी अवरोध गरेको कांग्रेसले जनाएको छ।
सोही गाउँपालिकाका वडा नम्बर १ अध्यक्ष सुमन मल्लको निर्देशनमा सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतले सांघतिक आक्रमण गरेको कांग्रेसले जनाएको छ।
कार्यक्रम भइरहेको हललाई ‘यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न आउँदैन’ भन्दै आक्रमण गरेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।
उनीहरुको आक्रमणबाट कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्चिएको कांग्रेसले जनाएको छ।
यसैगरी केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि नेकपाले सुनियोजित आक्रमण गरेको कांग्रेसको दाबी छ।
घटनामा परी कांग्रेसका दर्जनौं कार्यकर्ताहरु घाइते भएको जनाइएको छ।
कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी भएको जनाइएको छ।
सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नभएको जनाउँदै सुनियोजित घटनाको रुपमा कांग्रेसले लिएको छ।
उक्त घटनालाई संवैधानिक अधिकारमाथि सिधा आक्रमणको प्रारम्भ भएको कांग्रेसको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।