नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019 १९:४२:०० मा प्रकाशित

काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) साढे १५ महिनापछि मलेसिया रोजगारी खुलाउने सहमति, कामदारको स्वास्थ्य परीक्षण गर्न पुरानै ३६ मेडिकल ।

२) सांसदले मागे स्वास्थ्यमन्त्रीको राजीनामा, डेंगुको विषयमा जानकारी गराउन सरकारलाई सभामुखको ‘रुलिङ’ ।

३) युवा उद्यमीको जोडः कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनसम्ममा ‘पिपिपी’ मोडल, उत्कृष्ट उद्यमशील अवधारणाले १ लाख ५० हजार पुरस्कार पाउने ।

४) नादेझ्दा कपको उपाधि उज्वेकिस्तानलाई, नेपाल ३–२ गोल अन्तरले पराजित, फिफा वरीयतामा पनि नेपाल पछि ।

५) र, अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको आप्रवासी नीतिलाई अदालतको अनुमति, अमेरिका पुग्नुअघिको देशमा पहिला आश्रय दाबी गर्नुपर्ने ।

पूरा समाचार भिडियोमा