शब्द : बुद्धि कटेल, तस्बिर : नारायण आचार्य
फूल-चोकी। अर्थात्, फूलैफूलको चोक!
धेरै फूल फुल्ने बगैंचा भएकाले नै फूलचोकी नाम रहन गएको भनाइ पनि छ। बाटैभरि रंगीचंगी फूल र हरियाली नियाल्दै गत हप्ता हामी हाइकिङमा फूलचोकी गएका थियौं।
हाइकिङका लागि गोदावरी कुण्डबाट जंगलको बाटो उकालो लाग्नु जति कठिन थियो उत्ति नै रोमान्चक। काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम ललितपुरमा पर्ने समुद्र सतहबाट करिब २८०० मिटर अग्लो फूलचोकी डाँडाको यात्रा १४०० मिटरको गोदावरी नौधाराबाट हामीले सुरु गर्यौं।
डाँडाको टुप्पोमा फूलचोकी मन्दिर र चैत्य पनि छ। त्यहाँबाट उपत्यकाका सहरहरु तथा काभ्रेका विभिन्न मनोरम ठाउँ देख्न सकिन्छ।
अहिले चारैतिर हरियाली छ। शरद ऋतुको आगमनमा फूलहरुले सुवास फैलाउन थालिसके। फूलचोकीमा हिँडिरहँदा तिनै रंगीचंगी फूललाई छोएर सिरसिर बहने हावाको स्पर्शले न्यानो स्वागत महसुस गर्न पायौं। र, फर्किंदा तिनै रातो, पहेँलो, कलेजी, सेतो लगायत विभिन्न रङका फूलका तस्बिर बोकेर आयौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।