रोल्पा- रोल्पाको थवाङ गाउँपालिका छेर्लाबाङमा गएराति गएको भीषण पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।
पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले बताए।
मृत्यु हुनेमा थवाङ -२ की २८ वर्षीय फिरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा छन्।
यसैगरी अर्को परिवारका जय बुढा, मूलज्योति बुढा, दिविष्टि बुढा र तिरङ बुढा छन्।
छेर्लाबाङ एक हप्तादेखि पानी परिहेको थियो। निरन्तर पानी परेसँगै बिहीबार राति पहिरो गएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण कमल बुढाको घर र ३ वटा गोठमा पूर्ण रुपमा क्षति पुगेको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।