काठमाडौं- काठमाडौंको गोलढुंगामा गोली चलेको छ।
प्रहरीलाई मार्छु भन्दै हिँड्ने गुन्डा नाइके साजन गुरूङले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो।
गोली लागी गुरूङ घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।
गुरुङलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
अपराध महाशाखाको टोलीले उनलाई प्रकाउ गर्न खोज्दा गुरुङले गोली चलाएका थिए।
यसपछि मात्र प्रहरीले गोली चलाएको महाशाखाले जानकारी दिएको छ।
घटनास्थलबाट प्रहरीले एक पेस्तोल र सोको गोली २ राउन्ड गोली बरामद गरेको छ।
गुरुङमाथि अर्का गुन्डा नाइके पहलमान गुरुङको हत्या समेत गरेको आरोप लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।