बैतडीमा एक महिलाको शव फेला

नेपाल लाइभ | २०७६ भदौ २८ शनिबार | Saturday, September 14, 2019 ०६:४३:०० मा प्रकाशित

डडेल्धुरा- बैतडीमा शुक्रबार साँझ एक महिलाको बेवारिसे शव फेला परेको छ।

जिल्लाको पाटन नगरपालिका १ सुर्नयागाड नदीमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो। 

बेवारिसे अवस्थामा भेट्टिएको महिलाको शव सडेर सनाखत गर्न नसकिने अवस्थामा रहेको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। 'करिब १ हप्ताअगाडि मृत्यु भएको अनुमान छ,' उनले भने, 'टाउकोको कपाल, शरीरका रौं, छालासमेत निक्लिसकेको छ।' लुगा, माला र चुराबाट महिला हो भनेर भनेर पहिचान भएको निमित्त प्रहरी प्रमुख चन्दले बताए। 

सुर्नयागाड नदीमा तैरिरहेको अवस्थामा स्थानीयले शुक्रबार बिहान प्रहरीलाई खबर गरेपछि प्रहरीले उक्त शवलाई नदीबाट निकालेको थियो।