राजविराज– सप्तरीको कञ्चनपुर–फत्तेपुर सडक खण्डमा शुक्रबार भएको दुई वटा सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना १ क ७९८३ नम्बरको टिपरले सोही दिशामा जाँदै गरेको साइकललाई ठक्कर दिँदा राजविराज नगरपालिका १० बिगवाका २० वर्षिय मनोज रामको मृत्यु भएको छ।
दुर्घटनामा दुवै तिघ्रा भाँचिएपछि उपचारका लागि विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, फत्तेपुरवाट कञ्चनपुरतर्फ जाँदै गरेको बा९१प १७३० नम्बरको मोटरसाइकल कञ्चनरुप नगरपालिका ८ मा आफै अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा कञ्चनरुप नगरपालिका ११ का २२ वर्षीय त्रिभुवन चौधरी र २५ वर्षीय रुपैश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।