विराटनगर– संखुवासभामा पौडी खेल्न खोलामा पसेका एक जनाको मृत्यु भएको छ।
खोटाङको दिप्रुङ चुईचम्मा गाउँपालिका–६ घर भई संखुवासभाको मकालु गाउँपालिका–५ स्थित अरुण थर्ड शाखा एसएमराज कम्पनीमा काम गर्दै आएका ३५ वर्षीय दिलीप थापाको मृत्यु भएको हो।
मकालु गाउँपालिका–५ को राते खोलामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ साढे ६ बजे थापा खोलामा बेपत्ता भएका थिए। प्रहरीले खोजतलास गर्दा उनको शव फेला परेको थियो।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।