नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ भदौ २८ शनिबार | Saturday, September 14, 2019 १९:१८:०० मा प्रकाशित

काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) सक्रिय रूपमा जनताको काम गर्न सरकार कटिबद्ध रहेको नेकपा अध्यक्ष दाहालको भनाई, अन्तर्रा्ष्ट्रिय सम्बन्ध बिगार्ने आफ्नो उद्देश्य नभएको स्पष्ट

२) नागरिकतासम्बन्धी विधेयकमा सहमति जुट्न नसकेपछि आइतबार पनि बैठक बस्दै राज्य समिति, फरक मतमा छलफल हुन नसक्ने सत्ता पक्षका सांसदहरुको अडान

३) सहकारीलाई कमाउने धन्दा मात्रै नबनाउन मन्त्री अर्यालको सुझाव, माटोको विशेषता र बजारको आवश्यकताअनुसार अघि बढ्न सहकारीहरुलाई निर्देशन

४) नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित, प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई १० मत

५) र, साउदी अरबको अरामकोस्थित सरकारी तेल कम्पनीमा ड्रोन आक्रमण, विश्वकै ठुलो मानिने कुरिसस्थित तेल प्रशोधन केन्द्रमा आगलागी

पूरा समाचार भिडियोमा