काठमाडौं- बिआरआईको तयारीमा नेपालको पक्षबाट सक्रियता कम भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले स्विकारेका छन्।
नेपाल बुद्धिजीवी संगठनले राजधानीमा गरेको कार्यक्रममा बोल्दै प्रचण्डले विश्व शान्ति,मानव जातिको सुखका लागि बिआरआइलाई व्यापक रुपमा स्विकार्य गरिएको बताए।
जमिनबाट जमिन र समुद्रसँग जोडिनका नेपालका लागि बिआरआईको झन आवश्यकता औंल्याए।
बिआरआई सैन्य गठबन्धनको लागि नभएको बताउँदै प्रचण्डले सोसल हार्मोनीका लागि बिआरआईको आवश्यकता बताए।
प्रधानमन्त्री रहेको समयको स्मरण गर्दै भने, ‘चिनले सहज रुपमा लिएको थियो। भारतीय पक्षबाट गृहकार्य गर्नुपर्ने जोड थियो।’
विचार मन्थन र वौद्धिक ढंगले जनमत निर्माण गर्न छोडि नाफा घाटालाई प्राथमिकता दिन नहुने सुझाए।
समाजलाई विवेकले गाइड हुनुपर्नेमा आवेगले प्राथमिकता पाएको प्रति चिन्ता व्यक्त गरे। चारै तिर अध्याँरो भनि प्रचारित गरिएजस्तो नभएको बताए।
विदेशी संस्थाहरुले समेत नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशतको प्रक्षेपण गरेको भन्दै सन्तोष प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।