काठमाडौं- गत बिहीबारको बाँके घटनालाई लिएर नेपाली कांग्रेसले आइतबारको संसद अवरुद्ध गरेका छन्।
संसद सुरु हुनासाथ कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले समय लिएर बोलेका थिए।
त्यसपछि गृहमन्त्री रामबहादुर थापाले घटनाबारे सरकारको धारणा राखेका थिए। जवाफमा गृहमन्त्रीले जवाफ दिए पनि कांग्रेस सांसदहरुले चित्त बुझाएनन्। उनीहरुले गरेको प्रतिप्रश्नमा पनि गृहमन्त्रीले उस्तै जवाफ दिएका थिए।
त्यसपछि भने कांग्रेस सचेतक पुष्पा भुसालले घटनालाई निन्दनीय घटना भएको बताइन्।
गृहमन्त्री थापाले दिएको जवाफको आलोचन गरेकी थिइन्। उनले किटानी जाहेरी दिएका व्यक्तिहरुलाई कारबाही अगाडि नबढाएसम्म सदन चल्न सहयोग गर्न नसक्ने बताइन्।
बैठक १० मिनेटका लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।