काठमाडौं- नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले सत्ताको उन्मादका कारण हो वा असफल भएर हो, नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि आक्रमण गरेको भनी प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै भुषालले बाँकेमा नेकपाका कार्यकर्ताले गरेको आक्रमणको बारेमा बोल्दै सरकारले गरेको भ्रष्टाचार विरुद्ध जारण कार्यक्रम गर्दा आक्रमण भएको दाबी गरिन्।
‘दोस्रो दिनको जन जागरण कार्यक्रमको शुरुवातमै सरकारले गरेको भ्रष्टाचारलाई केन्द्रित गरेर अघि वढाउने डरले हो वा सत्ताको उन्मादले हो वा सरकार असफल भएको हो,' उनको प्रश्न थियो।
पार्टी सभापति र केन्द्रित प्रतिनिधिमाथि भएको कुरा गम्भीर भन्दै उनले यसमा गृहमन्त्रीले तत्काल जाहेरी दिएकाहरुलाई पक्राउ गर्न आदेश दिन माग गरिन्।
‘यो आक्रमण गैरराजनीतिक हो भनेर कसरी गृहमन्त्रीले भन्नसक्नु हुन्छ, लोकतन्त्रको स्थापना भएको छ। प्रमुख प्रतिपक्षको रुपमा नेपाली काँग्रेसले सरकारलाई सहयोग गरिरहेको छ। बाँकेमा जसरी किरण कोइरलामाथि जसरी आक्रमण भएको यो निन्दनीय छ,’ भुसालले भनिन्।
राजनीतिक कार्यक्रम गर्दा हलभित्र छिरेर हिंसात्मक आक्रमण गरिएको उनले आरोप लगाइन्।
‘यो नियोजित आक्रामण नै हो त्यसको प्रमाण घटना आफै छ,’ उनले भनिन्, ‘जाहेरी लिन जाँदा सिडियो र गृहमन्त्रीलाई खवर गर्दा किन बेवास्था गरियो।’
वडाअध्यक्षसहित नेकपाका कार्यकर्ता विरुद्ध किटानी जाहेरी दर्ता भएकाले उनीहरूलाइ पक्राउ गर्न आदेश नभएसम्म सदन चल्न नदिने उनले बताइन्।
‘कम्युनिष्ट नेता आउने बित्तिकै राजनीतिक होइन, भन्न गृहमन्त्रीले कसरी भन्न सक्नुहुन्छ,’ उनले भनिन्, ‘लोकतन्त्रमा कसरी पुर्वाग्रही हुन सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।