काठमाडौं- कांग्रेसको अवरोधका स्थगित भएको प्रतिनिधिसभा बैठक सोमबारका लागि बोलाइएको छ।
आइतबारको बैठकमा कांग्रेस सांसदहरुले बाँके घटनाको विषयलाई लिएर अवरोध गरेका थिए।
अवरोधपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो। तर तोकिएको समयमा बैठक बस्न सकेन।
बरु, सूचना टाँसेर सोमबार दिउँसो ३ बजे बोलाइएको छ।
कांग्रेसकै अवरोधका कारण अवरोध भएको राष्ट्रियसभा बैठक पनि सोमबारकै लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।