काठमाडौं- इन्डोनेसियाको लिग वानमा नेपालका खेलाडी रोहित चन्दको गोलमा पर्सिजा जकार्ताले पिएसआईएस सेमाराङलाई २–१ ले हराएको छ।
रोहितले पर्सिजाका लागि खेलको ५३ औँ मिनेटमा गोल गरेका हुन्। त्यसअघि मार्को सिमिकले पेनाल्टीमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए। सेमाराङको लागि डेभिड मौलानाले ६३ औँ मिनेटमा एक गोल गरे।
जितपछि पनि पर्सिजा रेलिगेसनको नजिक छ। १६ खेलमा ३ खेलमा जित ८ बराबरी र ५ हार भोगेको पर्सिजा १५ औँ स्थानमा रहेको छ।
गएको सिजन लिग वान जितेको पर्सिजाको यो सिजन भने खराब भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।