काठमाडौं- विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरुले लोकतन्त्र माथि खतरा भए वर्तमान सरकारको शासन प्रक्रियाबाट हुने बताएका छन्।
१०६ औं विपि जयन्तीका अवसरमा राजधानीमा आयोजित ‘लोकतन्त्रका चुनौती’ विषयक विचार गोष्ठीमा सरकारले सुशासन कायम गर्न नसके खतरा स्वतः आउने बताइएको छ।
गान्धी अध्ययन तथा शान्ति केन्द्र र समता अध्ययन केन्द्रले गरेको कार्यक्रममा लोकतान्त्रिक शक्ति एक स्थानमा नभए लोकतन्त्र गुम्ने बताए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले ५० करोड भन्दा माथिका परियोजनाहरुमा सत्ता पक्ष वा प्रतिपक्ष शीर्ष नेताको गठजोड हुने गरेको ठोकुवा गरे।
भुसालले नेपाली कांग्रेस र एमाले विगतमा लोकतन्त्रीक प्रक्रियामा सँगसँगै हुन नसक्दा अवसरहरु गुमेको बताए। उनले भने,‘२०४७ सालको संविधान अकालमै मृत्यु भएको हो। त्यसै संविधानलाई सुधार गर्न कांग्रेस एमालेहरुले पहल गरेको भए अल्पायुमै संविधान मर्ने थिएन। पछिल्लो समय सत्तारुढ दलमा दम्भ बढेको र कांग्रेसको संकिर्णता बढेको आरोप लगाए।
कांग्रेस नेता प्रदीप गिरीले राजकाजको केन्द्रमा भएका व्यक्तिहरुबाट नै लोकतन्त्रमा खतरा भएको अभिव्यक्ति आएपछि पत्याउनुपर्ने भएको बताए। लोकतन्त्र आएपनि जनताले त्यसको फल प्राप्त गर्न नसकेको बताए। निराशा बढे जनतालाई सडकमा आउन कसैले रोक्न नसक्ने चेतावनी दिए। त्यसले कति प्रतित्युत्पादक नतिजा ल्याउने बारे नेताहरु सचेत हुनुपर्ने बताए।
राजनीतिक विश्लेषक तथा पूर्व राजदुत डा लोकराज बरालले लोकतन्त्रमाथि खतरा शासक बाट हुने बताए। वर्तमान सरकारले आमनागरिकका न्युनतम अपेक्षा पनि पुरा गर्न नसकको ठोकुवा गरे। लोकतन्त्रमा खतरा देखि सर्वदलिय बैठक बोलाउनु सरकार आफ्नै असक्षमताले भएको बताए। सुशासन भए कुनै क्षेत्रबाट पनि लोकतन्त्रमा चुनौती नहुने उनको धारणा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।