काठमाडाैं- सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन ल फर्मबाट प्रदान गरिने प्रोफ्रेसर (जस्टिस) एभी रोहद्गी जुरिष्ट अर्वाडबाट सम्मानित भएका छन्।
शनिबार भारतको केरलामा भएको कार्यक्रममा न्यायाधीश सिन्हा रोहद्गी जुरिष्ट अर्वाडबाट सम्मानित भएका हुन्।
उनलाइ भारतका पूर्वन्यायाधीश तथा हाल केरालाका साईरिक जोसेफले सम्मान गरेका हुन्।
मेनन इन्स्टियूट अफ लिगल एड्भोकेसी ट्रेनिङ सेन्टर तथा सोसाईटी अफ इन्डियन लबाट प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न मूलुकहरुमा कार्यरत न्यायाधीशलाई सम्मानित हुँदै आएका छन्।
दक्षिण एशियाको कानुनी क्षेत्रमा यो पुरस्कार न इन्स्टिच्युट निकै प्रतिष्ठित छ।
यो पुरस्कार भारतको कानुनी क्षेत्रका मुर्धन्य व्यक्तित्व प्रोफेसर एन आर माधव मेननको नामबाट स्थापना भएको हो।
मेनन भारतको बैंङ्लोरमा स्थापना भएको नेसनल ल स्कुल अफ इन्डिया युनिभर्सिटी तथा नेसनल जुडिसियल एकेडेमी भोपालको फाउण्डर डाईरेक्टर तथा संस्थापक उपकुलपति हुन्।
प्रोफ्रेसर (जस्टिस) एभी रोहद्गी जुरिष्ट अर्वाड उनकै नामबाट स्थापना गरिएको हो।
नेपालका न्यायाधीश सिन्हासँगै भुटानका प्रधानन्यायाधीश छिरिङ् वाङ्चुकलाई सिल्फ मिलाट साउथ एसियन एडुकेशन एक्सेल्नस अर्वाड प्रदान गरिएको थियो।
यो संस्थाका नामबाट विभिन्न ६ वटा विधामा कानुन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने दक्षिण एसियाका विभिन्न व्यक्तित्वहरुलाई प्रदान गरिने गरिएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।